ढकाल समूहका दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

ढकाल समूहका दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमितिका लागि तय गरिएको साधारणसभा तथा निर्वाचन सुरु नहुँदै ढकाल समुहका दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने अन्तिम दिन कसैको उम्मेदवारी नपरेपछि केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित दुवै केन्द्रीय सदस्य वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहका हुन् ।

मोरङ व्यापार सङ्घको कार्यकारी सदस्यसमेत रहेका राउत अहिले नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश नं १ का उपाध्यक्षसमेत हुन् । त्यस्तै अर्का निर्विरोध निर्वाचित अग्रवाल नेपाल इन्डोनेशिया च्याम्बर अफ कमर्शका अध्यक्ष हुन् । अग्रवाल एशोसिएटतर्फबाट च्याम्बरअन्तर्गत निर्विरोध भएको महासङ्घले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.