भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

तथ्यहीन र झुटा समाचार नदेउ : राष्ट्रपति,  प्रेस काउन्सिलको वाषिर्कोत्सवमा सचिव र महानिर्देशक अनुपस्थित

तथ्यहीन र झुटा समाचार नदेउ : राष्ट्रपति,  प्रेस काउन्सिलको वाषिर्कोत्सवमा सचिव र महानिर्देशक अनुपस्थित

काठमाडौं । अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन र झुटा समाचार तथा भ्रामक विचार सञ्चार माध्यममा प्रकाशित र प्रसारित नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अनुराेध गरेकी छन् । प्रेस काउन्सिल नेपालको ५१औँ वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै भण्डारीले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादासमेतलाई ख्याल नगरी समाचार सम्प्रेषित भइरहेको प्रति चिन्ता व्यक्त गरिन् ।

आमसञ्चार माध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना गरी प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउन आग्रह गरिन् । शीतलनिवासमा आयोजित समारोहमा संवाेधन गर्दै राष्ट्रपति भण्डारीले सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौति बनेको बताइन् ।

प्रतिकूल परिस्थितिमा समेत अविचलितरूपमा पेशाप्रतिको दायित्ववहन गर्ने पत्रकारिता क्षेत्रको उच्च मूल्याङ्कन गरेको भन्दै राष्ट्रपति भण्डारीले पत्रकार परपीडक हुन नहुने भन्दै आमसञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । प्रेस काउन्सिलको वाषिर्कोत्सवका अवसरमा हरेक वर्ष राष्ट्रपति कार्यालयमा कार्यक्रम आयोजना गर्ने परम्परा छ । यस कार्यक्रममा विभागीय मन्त्री, सचिव र मन्त्रालयका उच्च पदस्थ अधिकारीको उपस्थिति रहने गरेको थियो ।

तर सञ्चार मन्त्रालय समालेका प्रधानमन्त्री केपी शर्मा ओली प्रेस काउन्सिलको कार्यक्रममा उपस्थित भएनन्र । यसैगरी, सञ्चार मन्त्रालयका सचिव हरि बस्याल, तथा काउन्सिलका सदस्य सचिव समेत रहेका सूचना विभागका महानिर्देशक किरणराज शर्मा पनि कार्यक्रममा अनुपस्थित रहे । प्रधानमन्त्रीकै निर्देशनमा उनीहरुले प्रेस काउन्सिलको कार्यक्रम ‘बहिष्कार’ गरेकाे स्राेतकाे दावी छ । काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसित प्रधानमन्त्रीको चिसो सम्वन्ध रहेकाे र श्रेष्ठलाई काउन्सिलबाट हटाउन पटक-पटक प्रयास गरे पनि अदालतले रोकिदिएकाे छ।

 


Thali Mobile Pvt.Ltd.