भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

तीन दिनसम्म नेपाल र अमेरिकाबीच सैन्य वार्ता हुने

तीन दिनसम्म नेपाल र अमेरिकाबीच सैन्य वार्ता हुने

काठमाडौं । सोमबारबाट नेपाल र अमेरिकाबीचको सैन्य वार्ता सुरु भएको छ । ३ दिनसम्म हुने वार्ताको ‘ल्यान्ड फोर्स टक’ नाम दिइएको छ । संवादका लागि २२ सदस्यीय अमेरिकी टोली गत शनिबार नै काठमाडौं आइसकेको छ ।

नेपाली र अमरिकी सेनाबीच सन् २०१८ देखि प्रत्येक वर्ष ‘ल्यान्ड फोर्स टक’ हुँदै आएको छ । वार्तामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका अधिकारीसहित सेनाका रथी र अधिकृत गरी १४ सदस्यीय टोली सहभागि भएका छन ।

स्थल सेनाको क्षमता अभिवृद्धिका लागि संवादमा शान्ति मिसन, मानवीय सहयोग, विपद प्रतिकार्य, क्षमता र विज्ञता आदानप्रदानको बारेमा छलफल हुने नेपाली सेनाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.