भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

बैशाख ३० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि २६ दल दर्ता

बैशाख ३० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि २६ दल दर्ता

काठमाडौं । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ वटा दल दर्ता भएका छन् । आगामी बैशाख ३० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ वटा दल दर्ता भएका हुन । तनहुँ क्षेत्र नम्बर १, बारा क्षेत्र नम्बर २ र चितवन क्षेत्र नम्बर २ मा बैशाख १० गते उप निर्वाचन हुँदैछ ।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुनुभएको थियो । तर, नागरिकता प्रकरणमा दोषी पाइएपछि उहाँको सांसद पद खारेज भएको थियो । उक्त निर्वाचन क्षेत्रमा फेरि लामिछानेले नै उम्मेदवारी दिने तयारी गर्नुभएको छ । तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि र बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टीका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यी क्षेत्र रिक्त छन् ।

केही दिनअघि आयोगले दल दर्ताका लागि आह्वान गरेको थियो । उप निर्वाचनका लागि २६ वटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.