भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

बैशाख ३० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि २६ दल दर्ता

बैशाख ३० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि २६ दल दर्ता

काठमाडौं । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ वटा दल दर्ता भएका छन् । आगामी बैशाख ३० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ वटा दल दर्ता भएका हुन । तनहुँ क्षेत्र नम्बर १, बारा क्षेत्र नम्बर २ र चितवन क्षेत्र नम्बर २ मा बैशाख १० गते उप निर्वाचन हुँदैछ ।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुनुभएको थियो । तर, नागरिकता प्रकरणमा दोषी पाइएपछि उहाँको सांसद पद खारेज भएको थियो । उक्त निर्वाचन क्षेत्रमा फेरि लामिछानेले नै उम्मेदवारी दिने तयारी गर्नुभएको छ । तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि र बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टीका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यी क्षेत्र रिक्त छन् ।

केही दिनअघि आयोगले दल दर्ताका लागि आह्वान गरेको थियो । उप निर्वाचनका लागि २६ वटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.