भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

तीन बालक तीन दिनदेखि बेपत्ता

तीन बालक तीन दिनदेखि बेपत्ता

बुटवल । तीन बालक तीन दिनदेखि सम्पर्कविहीन बनेका छन् । शुक्रबार विद्यालय गएका उनीहरू घर तथा परिवारको सम्पर्कमा नआएपछि आफन्तले खोजीकार्य जारी राखेको बताएका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, समिर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबार बिहान विद्यालय हिंडेपछि विद्यालयमा पनि हाजिर नभएको र घरमा पनि सम्पर्कविहीन भएका हुन् ।

नविन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुई जना र नहरपुर मावि कक्षा ८ मा पढ्ने १ जनासँगै घरबाट निस्केको र सम्पर्कविहीन भएको परिवारले जनाएको छ ।

बिहान झोला बोकेर विद्यालय गएपनि कतै सम्पर्क नभएकाले सबैतिर खोजबिन गरिरहेको र प्रहरीमा पनि निवेदन दिएको सागर पौडेलका मामा राजु पन्थीले बताए ।

सम्पर्कविहीनमध्ये समिर लम्सालले शनिबार दिउँसो २ बजे आफन्तलाई फेसबुक म्यासेनजरमा खबर पठाउँदै आफूहरूलाई अज्ञात स्थलमा राखिएको जानकारी दिए ।

उनले आफूहरूलाई अचेत बनाएर ल्याएको र २ बजेमात्रै होस् खुलेको म्यासेजमा लेखे र त्यसपछि सम्पर्कबीहिन बने । परिवारको निवेदन अनुसार सबैतिर खोजी भैरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताए ।

 


Thali Mobile Pvt.Ltd.