भर्खरै : Sorry, your browser does not support inline SVG.
युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर |

त्रिभुवन आर्मी क्बलले जित्यो बिच भलिबलको उपाधि

त्रिभुवन आर्मी क्बलले जित्यो बिच भलिबलको उपाधि

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा जारी बिच भलिबल प्रतियोगिताको खुल्ला तर्फको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ। शुक्रबार भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीको बगरमा भएको फाइनल खेलमा लिटिलबुद्ध एकेडेमीको टिमलाई सोझो सेटले पराजित गर्दै आर्मीले उपाधि जितेको हो।

उपाधि उचालेसँगै आर्मीको टिम रु एक लाख नगद, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपबिजेता लिटिलबुद्धको टिमले रु ५० हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत भएको छ। प्रतियोगिताको उपाधि विजेता टिमलाई सुदूरपश्चिम पृतनापति उपरथी विजय थापाले पुरस्कृत गरे। त्यसैगरी खुलातर्फ शिवशक्ति खाद्य उद्योग झलारीको टिम तृतीय स्थान हासिल गर्दै रु २५ हजार नगदसहित पुरस्कृत भएको छ। त्यसैगरी पुरुष भेट्रानतर्फको उपाधि बेलौरी नगरपालिकाको टिमले उपाधि जितेको छ।

फाइनल खेलमा सशस्त्र प्रहरी बलको टिमलाई पराजित गर्दै बेलौरी नगरपालिकाको टिमले उपाधि जित्दै रु २५ हजार नगद, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता सशस्त्र प्रहरी बलको टिमले रु १५ हजार नगदबाट पुरस्कृत भएको छ। भेट्रानतर्फ कैलालीको फूलबारी टिम तृतीय हुँदै रु दश हजार नगदबाट पुरस्कृत भएको छ।

नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनाको भएको प्रतियोगितामा खुल्लातर्फ कुल २३ र भेट्रानतर्फ ११ टिम सहभागी थिए। सेनाले सैनिक–नागरिकसम्बन्ध थप सुदृढ गर्नुका साथै खेलाडी उत्पादन र खेलकुदको विकासमा टेवा पुग्ने लक्ष्यसहित नेपाली सेनाको योजनामा प्रतियोगिता आयोजना भएको थियो।

समापन समारोहमा सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापा, दोधारा चादँनी नगरपालिकाका नगरप्रमुख किशोर लिम्बू, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापा, भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखक जोशी, बेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशी लगायतको सहभागिता रहेको थियो।  प्रतियोगिता सञ्चालनका लागि भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र दोधारा चादँनी नगरपालिकाले पुरस्कार राशि प्रायोजन गरेका थिए।

 

 


Thali Mobile Pvt.Ltd.