भर्खरै : Sorry, your browser does not support inline SVG.

त्रिभुवन विमानस्थलमा ओर्लनासाथ जैसी प्रहरी नियन्त्रणमा

त्रिभुवन विमानस्थलमा ओर्लनासाथ जैसी प्रहरी नियन्त्रणमा

काठमाडौं । अर्मन–२ म्याग्दी घर भै हाल मलेसियामा बस्दै आएका प्रकाश जैसी विक त्रिभुवन विमानस्थलमा ओर्लनासाथ प्रहरी नियन्त्रणमा परेका छन् ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका कारण नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गरेको हो । रोजगारीको सिलसिलामा मलेसिया पुगेका उनले म्याग्दी घर भै हाल जापान बस्दै आएकी युवतीलाई साइबर अपराध गरेका थिए ।

नेपाल हुँदा नै चिनजानमा रहेका उनीहरूबीच भर्चुअल प्रेम सम्बन्ध रहन पुगेको थियो ।प्रकाशले युवतीको नग्न भिडियोलाई अन्तर्राष्ट्रिय पोर्न साइटमा अपलोड गरी अपराध गरेको आरोप रहेको नेपाल प्रहरीको साइबर ब्युरो इन्सपेक्टर राजकुमार खड्कीले बताए ।

जापान बस्दै आएकी युवती र प्रकाशबीच सामाजिक सञ्जालमा नै प्रेम बसेको थियो । कुराकानीको क्रममा प्रकाशले युवतीलाई भिडियो कलमा नै नग्न हुन बाध्य पार्थे । सम्बन्ध टुट्ने डरले युवती प्रकाशको अघि नग्न हुने गर्थिन् ।

यही मौकामा प्रकाशले उक्त भिडियो रेर्कड गरेर राख्ने गर्थे । प्रकाशले अति नै टर्चर र हैरानी दिन थालेपछि युवतीले सामाजिक सञ्जाल डिएक्टीभ गर्न बाध्य भइन् । तर, युवकसँग सम्पर्कविहीन हुन खोजेकी ती युवतीलाई पुरानो भिडियो देखाउँदै टर्चर गरिरहे ।

युवतीको नग्न भिडियो उनका आफन्त तथा साथीभाइ र काकालाई समेत पठाए । यति गर्दासमेत प्रकाशको रिस मरेन । उनले अन्तर्राष्ट्रियस्तरको पोर्नसाइडमा समेत अश्लील बाक्य लेख्दै युवतीको भिडियो पोस्ट गरिदिए ।

प्रकाशको हर्कतले आजित भएकी युवतीले साइबर ब्युरोमा उजुरी दिइन् । उजुरीलाई अगाडि बढाउँदै व्युरोले इन्टरपोलको सहयोग लग्यो । त्यसपछि ती युवकलाई नेपाल ल्याउन सफल भएको ब्युरोका इन्सपेक्टर राजकुमार खड्कीले बताए ।

 


Thali Mobile Pvt.Ltd.