थप २१०३ जना कोरोना संक्रमण पुष्टी, भक्तपुरमा ७२६५ जनामा संक्रमण

थप २१०३ जना कोरोना संक्रमण पुष्टी, भक्तपुरमा ७२६५ जनामा संक्रमण

काठमाडौं । नेपालमा थप २१०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २८ हजार १०६रहेको छ ।काठमाडौंमा ९६५, ललितपुरमा १८९ र भक्तपुरमा ७५ जनामा कोरोना संक्रमण देखिएको छ।

हालसम्म काठमाडौंमा ८० हजार ७२६, ललितपुरमा ११ हजार ७७४ र भक्तपुरमा ७ हजार २६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा ३१२, भक्तपुरमा ८१ र ललितपुरमा ८९ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप २८५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ८५ हजार ६३८ पुगेको छ ।

थप १७ को मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२७६ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.