भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेकपा अध्यक्ष प्रचण्ड नातिनी स्मीताको महानायक हमालसंग मालिङ्गो सार्वजनिक

नेकपा अध्यक्ष प्रचण्ड नातिनी स्मीताको महानायक हमालसंग मालिङ्गो सार्वजनिक

काठमाडौं । नेकपा अध्यक्ष ‘प्रचण्ड’ की नातिनी स्मीता दाहालको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनले गाएको गीतको म्युजिक भिडियोमा महानायक राजेश हमाल जोडीको रुपमा देखिएका छन् ।

स्मीता र राजनराज शिवाकोटीको स्वरमा सजिएको ‘मालिङ्गो’ बोलको भिडियो आज सार्वजनिक भएको हो । बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई यस भिडियोमा देख्न सकिन्छ । राजेश हमाल पत्रिका पु¥याउने हकरको भूमिकामा रहेका छन् ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा शिवाकोटीको सङ्गीत, उदयराज पौडेलको संयोजन, श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको यस भिडियोको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् । सुनिल क्षेत्रीको कथा÷कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियोको छायाङ्कन नवराज उप्रेतीले गरेका हुन भने सरोज ओलीकोे निर्देशनमा भिडियो तयार भएको छ ।

हेर्नुहाेस् भिडियाे…

 


Thali Mobile Pvt.Ltd.