थप ४७६ जना कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १३२४८ पुग्यो (भिडियो)

थप ४७६ जना कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १३२४८ पुग्यो (भिडियो)

१५असार २०७७ काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

आज थपिएका ४७६ सहित नेपालमा संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ३१३४ पुगेको छ । कुल संक्रमितमध्ये २९ जनाको मृत्यु भएको छ ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/659033711361379/

 


Thali Mobile Pvt.Ltd.