काठमाडौं । थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२ हजार ७६८ जना पुगेको छ । काठमाडौं उपत्यकामा आज २२४ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १८ हजार ८०६ उपचारपछि निको भएका छन् भने नेपालमा हालसम्म १५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
ललितपुरमा थप १४ जनामा कोरोना संक्रमण
ललितपुरमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार थप ८ जना महिला र ६ जना पुरुषमा संक्रमण देखिएको हो । संक्रमण देखिएकामध्ये ९ जना ललितपुर महानगरपालिकाका छन्। त्यसपछि क्रमशस् महालक्ष्मी नगरपालिकामा ३, गोदावरी नगरपालिका र महांकाल गाउँपालिकामा १र१ जनामा कोरोना संक्रमण देखिएको हो।
भिडियाे हेर्नुहाेस्…
https://www.facebook.com/Kailashkhabarnews/videos/605802543638137/
दुर्व्यवहारको विरोध प्रदर्शन
कोरोना सन्त्रास बढ्दै गइरहेको बेला नागरिकको जीवन रक्षाका लागि अग्रपंक्तिमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहारको विरोध र दोषीमाथि कारबाहीको मागसहित मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ ।
स्वास्थ्यकर्मीको सम्मान गरौं, सुरक्षाकर्मीलाई सहयोग गरौं, सञ्चारकर्मीको संरक्षण गरौं, सर्वत्र सद्भाव प्रदर्शन गरौं भन्ने आग्रहसहित काठमाडौं जोरपाटीमा सम्पन्न प्रदर्शनमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाई, काठमाडौं शाखा सभापति जगन्नाथ पुडासैनीले संकटको यो घडीमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्र ज्यादा संवेदनशील रहेको बताए । प्रदर्शनमा डेढ दर्जन अधिकारकर्मीको सहभागिता थियोस्वास्थ्यकर्मीहरुमाथि बढ्दो दुव्र्यबहारको विरोधमा शान्ति समाजद्धारा प्रदर्शन ।
स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता
टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१ औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रत्यक्ष खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाब सङ्कलनमा खटिने प्रयोगशालाकर्मीलाई खाइपाई आएको तलब स्केलमा आइसोलेसन सेन्टर सञ्चालन भएको मितिदेखि भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । उक्त भत्ता नगरपालिकाको स्वास्थ्य शाखाको सिफारिसका आधारमा उपलब्ध गराइने नगरले जनाएको छ ।
कोभिडका लेभल अस्पताल खारेज
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण भई अस्पताल भर्ना गर्न व्यवस्था गरेको ३ लेभल अस्पतालको व्यवस्था खारेज गरेको छ। मन्त्रालयले लेभल अस्पताल छुट्याउन कुन लेभलको अस्पतालको कति उपचार गर्ने भन्ने अलमल धेरै भएपछि १, २ र ३ लेभलको कोभिड अस्पताल भनी गरेको व्यवस्था खारेज गरेको हो । भदौ ७ गते स्वास्थ्य मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले सबै अस्पताललाई कोभिड अस्पताल नामकरण गर्ने र लेभल १,२ र ३ भनी गरेको वर्गीकरण खारेज गर्ने निर्णय गरेको हो ।
