भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रवासी नेपालीको नि:शुल्क उद्वार गर्न सरकारसंग प्रवासी नेपाली एकता मञ्च ओमानको माग

प्रवासी नेपालीको नि:शुल्क उद्वार गर्न सरकारसंग प्रवासी नेपाली एकता मञ्च ओमानको माग

काठमाडौं । सरकारले प्रवासी नेपालीको मनमा चोट पुर्‍याउने काम गरेको भन्दै  प्रवासी नेपाली एकता मञ्च ओमानले नि:शुल्क उद्वार गर्न सरकारसंग माग गरेकाे छ । विपदको घडीमा सरकारले निशुल्क आफ्ना नागरिकलाई स्वदेश फर्काउनु पर्ने ठाउँमा मुस्किलले पीसिआर टेष्ट गर्दै आफै टिकट काटेर आउन खोजेका पीडित प्रवासी नेपालीहरूलाई थप आर्थिक भार पर्ने गरी राजधानीको होटलमा अनिवार्य क्वारेण्टाईन बस्नु पर्ने भनेर तर्साइरहेकाे अाराेप लगाएकाे छ ।

सहयाेग गर्नुपर्ने बेला उल्टै प्रवासी नेपालीको मन मुटुमा चोट पुर्याउने कार्य गरेको मञ्चकाे बताएकाे छ । कोभिड १९ र त्यसको प्रतिकुल प्रभावले विश्व नै आक्रान्त भएको परिवेशमा विभिन्न मुलुकमा वैदेशिक रोजगारी गर्दै आएका प्रवासी नेपाली दिनानुदिन रोजगार गुमाएर पीडित बन्दै गएको अवसथामा आफ्नो मुलुक फर्किन नपाउँदा थप पीडामा परेको मञ्चका अध्यक्ष उमेश विकले कैलाश खबरसंग बताए ।

विपदको घडीमा सरकारले आफ्ना नागरिकलाई निशुल्क स्वदेश फर्काउनु पर्नेमा उल्टै थप आर्थिक भार पर्ने गरी राजधानीका होटलहरूमा अनिवार्य क्वारेण्टाईन बस्नु पर्ने व्यवस्था गरेर प्रवासी नेपालीहरूको पक्षमा अहित हुने काम गरेको अध्यक्ष विकको भनाई छ । मञ्चले एक विज्ञप्ती जारी गरी सरकारको उक्त कदमकाे घोर विरोध जनाएकाे छ ।

प्रवासी नेपाली एकता मञ्च ओमानले तत्काल यो अनिवार्यताको व्यवस्था हटाई पी.सि.आर जाँच नेगेटिभ देखिएकालाई होम क्वारेण्टाईनका लागि आ–आफ्नो गाउँ ठाउँ सम्म पु¥याने व्यवस्था गर्न मिलाउन माग गरेको छ ।parbasi manch

 


Thali Mobile Pvt.Ltd.