काठमाडौं । सरकारले प्रवासी नेपालीको मनमा चोट पुर्याउने काम गरेको भन्दै प्रवासी नेपाली एकता मञ्च ओमानले नि:शुल्क उद्वार गर्न सरकारसंग माग गरेकाे छ । विपदको घडीमा सरकारले निशुल्क आफ्ना नागरिकलाई स्वदेश फर्काउनु पर्ने ठाउँमा मुस्किलले पीसिआर टेष्ट गर्दै आफै टिकट काटेर आउन खोजेका पीडित प्रवासी नेपालीहरूलाई थप आर्थिक भार पर्ने गरी राजधानीको होटलमा अनिवार्य क्वारेण्टाईन बस्नु पर्ने भनेर तर्साइरहेकाे अाराेप लगाएकाे छ ।
सहयाेग गर्नुपर्ने बेला उल्टै प्रवासी नेपालीको मन मुटुमा चोट पुर्याउने कार्य गरेको मञ्चकाे बताएकाे छ । कोभिड १९ र त्यसको प्रतिकुल प्रभावले विश्व नै आक्रान्त भएको परिवेशमा विभिन्न मुलुकमा वैदेशिक रोजगारी गर्दै आएका प्रवासी नेपाली दिनानुदिन रोजगार गुमाएर पीडित बन्दै गएको अवसथामा आफ्नो मुलुक फर्किन नपाउँदा थप पीडामा परेको मञ्चका अध्यक्ष उमेश विकले कैलाश खबरसंग बताए ।
विपदको घडीमा सरकारले आफ्ना नागरिकलाई निशुल्क स्वदेश फर्काउनु पर्नेमा उल्टै थप आर्थिक भार पर्ने गरी राजधानीका होटलहरूमा अनिवार्य क्वारेण्टाईन बस्नु पर्ने व्यवस्था गरेर प्रवासी नेपालीहरूको पक्षमा अहित हुने काम गरेको अध्यक्ष विकको भनाई छ । मञ्चले एक विज्ञप्ती जारी गरी सरकारको उक्त कदमकाे घोर विरोध जनाएकाे छ ।
प्रवासी नेपाली एकता मञ्च ओमानले तत्काल यो अनिवार्यताको व्यवस्था हटाई पी.सि.आर जाँच नेगेटिभ देखिएकालाई होम क्वारेण्टाईनका लागि आ–आफ्नो गाउँ ठाउँ सम्म पु¥याने व्यवस्था गर्न मिलाउन माग गरेको छ ।
