भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

दसैंमा सुनसान वीरगञ्जका पसल

दसैंमा सुनसान वीरगञ्जका पसल

वीरगञ्ज । बडादसैं आएसँगै वीरगञ्ज बजारमा चहलपहल प्रायः सुनसान देखिन्छ। सीमावर्ती भारतीय सहर रक्सौलबाट सहजै खरिद गरिएका लत्ताकपडा, खाद्यान्न तथा इलेक्ट्रिक, इलोट्रोनिक्सका सामान नेपाल भित्रिन थालेपछि वीरगञ्जको खुद्रा कारोबार घट्दै गएको व्यापारी बताउँछन् ।

वीरगञ्जको तुलनामा रक्सौल बजारमा केही वस्तुको मूल्य सस्तो छ । सस्तो भएकाले यहाँका ग्राहक रक्सौल बजारबाटै सामान खरिद गर्छन् । वीरगञ्ज बजारको कारोबार घट्दै गएको विद्युतीय खुद्रा कारोबारी दीपक सर्राफको भनाइ छ ।

उनले व्यापारको यस्तै अवस्था रहे छठपर्वपछि वीरगञ्जका आधी पसल बन्द हुने बताए ।गत वर्षको दसैँभन्दा यसपालिको दसैँमा कारोबार अत्यन्त कम भएको कपडा व्यापारी पङ्कज रौनियारले सुनाए ।

 


Thali Mobile Pvt.Ltd.