भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

काठमाडौं । थोरै दाइजो ल्याएको निहँमा पत्नीको हत्या गरेर भागेका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका – ६ का ३३ वर्षीय अच्छन अन्सारीलाई ४ वर्षपछि केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

अन्सारीले २०७५ असार ३१ मा दाइजो थोरै ल्याएको विषयमा पत्नी रुवी अन्सारीसंग निहुँ खोजेर लाठी र भालाले कुटेका मरणसान्न हुनेगरी कुटेको र गम्भिर घाइते रुवीको साउन २१ मा भारतको लखनउमा मृत्यु भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।

हत्यापछि फरार रहेका अन्सारीलाई असार २१ गते बाँकेको जमुनाहबाट पक्राउ गरेको हो । निज अन्सारीलाई २०७७ चैतमा अदालतले २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.