भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दुई ट्रक एकआपसमा ठोक्किँदा ३ जना घाइते, ट्रक जलेर नष्ट

दुई ट्रक एकआपसमा ठोक्किँदा ३ जना घाइते, ट्रक जलेर नष्ट

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ३ नयाँबस्ती डिपाट गाउँमा दुई ट्रक एकआपसमा ठोक्किँदा ३ जना घाइते भएका छन् ।

गएराति हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् डीएसपी टेकबहादुर कार्कीले बताए ।

दुर्घटनामा ट्रकका चालकहरु चितवन राप्ती–३ बस्ने अन्दाजी ३५ वर्षीय विवेक तामाङ र मकवानपुरको मनहरी–३ बस्ने अन्दाजी ३२ वर्षीय अर्जुन कुमार प्रजा घाइते भएका छन् । दुर्घटनामा अर्का एक जनापनि घाइते भएका छन् ।

उनीहरुलाई उपचारको लागि भरतपुर पठाइएको छ । दुर्घटनापछि दुवै ट्रकमा आगलागी भएको छ । दुवै ट्रक जलेर पूर्णरुपमा नष्ट भएको डीएसपी कार्कीले बताए ।

 


Thali Mobile Pvt.Ltd.