भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

भालुबाङ–प्यूठान सडक ५ दिनपछि सञ्चालन

भालुबाङ–प्यूठान सडक ५ दिनपछि सञ्चालन

काठमाडौं । भालुबाङ–प्यूठान सडकखण्ड ५ दिनपछि खुलेको छ । उक्त सडकखण्ड अन्तर्गत गर्जेनीमा खसेको पहिरोले अवरुद्ध भएको सडक ५ दिनपछि खुलेको हो । सडक आइतबार साँझ नै खुले पनि जोखिम हुनसक्ने भन्दै सोमबार बिहानबाट मात्रै यातायातका साधनहरु चल्न दिइएको प्रहरीले जनाएको छ ।

गर्जेनीमा खसेको पहिरोका कारण बाटो अवरुद्ध हुँदा भालुवाङ–प्युठान– रोल्पा यात्रा गर्ने यात्रुहरुले पैदल यात्रा तथा वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका थिए । गत बुधबार राति खसेको पहिरोले अवरुद्ध बनेको सडक आइतबार साँझ खुलेको हो । पहिरो पन्छाएपछि यातायातका साधनहरु चल्न थालेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.