भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

दुर्घटनामा तीन जनाको मृत्यु

दुर्घटनामा तीन जनाको मृत्यु

रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सोमबार साँझ दुर्घटना हुदा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो ।

नेशिङ्बाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले बताए ।

घाइतेहरुलाई उपचारार्थ जिल्ला अस्पताल पु¥याउन एम्बुलेन्स दुर्घटनास्थलतर्फ पठाइएको प्रहरी प्रमुख बुढाथोकीले बताए ।

 


Thali Mobile Pvt.Ltd.