भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

एक्ला दुर्गा प्रसाईँलाई कालोमोसो, तह लगाएको महेश बस्नेतको टिप्पणी

एक्ला दुर्गा प्रसाईँलाई कालोमोसो, तह लगाएको महेश बस्नेतको टिप्पणी

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दल्ने एमाले कार्यकर्ता भएको आरोप छ । एक्लो अवस्थामा भएका बेला आफू माथि कालोमोसो दलेको प्रसाईँले बताएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेका प्रसाईंले सम्मेलन सकेर बाहिर निस्किने क्रममा अज्ञात व्यक्तिले उनीमाथि कालोमोसो दलेका थिए ।

प्रसाईले उक्त घटनामा एमालेका कार्यकर्ता संलग्न रहेको आरोप लगाए । आफूले सर्वहारा वर्गको पक्षमा वकालत गर्दा एमालेका कार्यकर्ताले आफूमाथि दुर्व्यवहार गरेको दावी गरे । देशमा देखिएका विभिन्न समस्याका विषयमा राखिएको छलफल कार्यक्रमलाई सम्बोधन गरिसकेपछि गाडी चढ्ने बेलामा पानीले भरेको बोतलबाट एमालेका कार्यकर्ताले आफूमाथि छ्यापेको उनको आरोप छ।

तर दुर्गा प्रसाईंलाई युवाहरुले तह लगाएको एमाले नेता महेश बस्नेतले टिप्पणी गरेका छन् । एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री बस्नेतले कालोमोसो दलिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई युवा संघको तागत ननाप्न चेतावनी दिए । काठमाडौंको जमलमा रहेको होटेल एल्लो पकोडामा आयोजित पत्रकार सम्मेलन समापन गरेर निस्किने क्रममा प्रसाईंमाथि कालो मोसो दलिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतको नाम लिएर प्रसाईंले पैचों तिर्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा महेश बस्नेतले प्रसाईंलाई युवाहरुले आज तह लगाएको प्रतिक्रिया दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.