भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

अर्बबढी हिनामिना गरेको खुलासाः देउराली सहकारीपीडित सिआइबीमा

अर्बबढी हिनामिना गरेको खुलासाः देउराली सहकारीपीडित सिआइबीमा

काठमाडौं । ललितपुरको देउराली बहुउद्देश्यीय सहकारीले एक अर्ब हिनामिना गरेपछि उजुरी लिएर पीडितहरु सिआइबी पुगेका छन् । उच्च ब्याज दिने आश्वासन दिएको सहकारीको लोभमा परेर सेवाग्राहीले रकम जम्मा गरे । ब्याज त के साँवा समेत गुम्ने अवस्था आएपछि उजुरी हाल्न आएको पीडितहरु बताउँछन् ।

रकम माग्दा नदिएपछि उजुरी हाल्न आएको नेपाल प्रहरीका पूर्वएसपी राजेन्द्र थापाले बताए । उनी समेत सिआइबी पुग्नु परेको अवस्था छ । अहिले सेवाग्रीहरु रुदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) गुहारी रहेको प्रहरीले जनाएको छ । सहकारीले कबुल गरेबमोजिम रकम नदिएको भन्दै पीडितहरुले सहकारीको बदमासी एक पछि अर्को खुल्दै जाने बताएका छन् ।

करिब २० हजार जति उजुरी सिआइबीमा पुग्ने गरेको ब्युरो प्रमुख एआइजी किरण बज्राचार्यले बताए । सहकारीमा २० हजारबढी निक्षेपकर्ताको खाता रहेको छ । उनीहरूले एक अर्बबढी रुपैयाँ जम्मा गरेको खुल्न आएको छ । सबै रकम हिनामिना भएको सिआइबीको भनाइ छ । ठगीका मुख्य नाइके भने काभ्रे चौरी–देउराली गाउँपालिका–६ का ३८ वर्षीय रवीन्द्र चौलागाईं रहेको प्रहरी बताउँ छ ।

सहकारीका अध्यक्ष रहेका चौलागाइकै योजनामा सहकारीले भक्तपुरको सूर्यविनायक र काठमाडौंको न्युरोडमा शाखा कार्यालय विस्तार गरी ठगेको देखिएको प्रहरीको भनाइ छ । चौलागाईंको नाममा के कति सम्पत्ति छ ? कहाँ रकम लगानी गरेको छ ? अहिले सिआइबीले अनुसन्धान गरिरहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.