भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अर्बबढी हिनामिना गरेको खुलासाः देउराली सहकारीपीडित सिआइबीमा

अर्बबढी हिनामिना गरेको खुलासाः देउराली सहकारीपीडित सिआइबीमा

काठमाडौं । ललितपुरको देउराली बहुउद्देश्यीय सहकारीले एक अर्ब हिनामिना गरेपछि उजुरी लिएर पीडितहरु सिआइबी पुगेका छन् । उच्च ब्याज दिने आश्वासन दिएको सहकारीको लोभमा परेर सेवाग्राहीले रकम जम्मा गरे । ब्याज त के साँवा समेत गुम्ने अवस्था आएपछि उजुरी हाल्न आएको पीडितहरु बताउँछन् ।

रकम माग्दा नदिएपछि उजुरी हाल्न आएको नेपाल प्रहरीका पूर्वएसपी राजेन्द्र थापाले बताए । उनी समेत सिआइबी पुग्नु परेको अवस्था छ । अहिले सेवाग्रीहरु रुदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) गुहारी रहेको प्रहरीले जनाएको छ । सहकारीले कबुल गरेबमोजिम रकम नदिएको भन्दै पीडितहरुले सहकारीको बदमासी एक पछि अर्को खुल्दै जाने बताएका छन् ।

करिब २० हजार जति उजुरी सिआइबीमा पुग्ने गरेको ब्युरो प्रमुख एआइजी किरण बज्राचार्यले बताए । सहकारीमा २० हजारबढी निक्षेपकर्ताको खाता रहेको छ । उनीहरूले एक अर्बबढी रुपैयाँ जम्मा गरेको खुल्न आएको छ । सबै रकम हिनामिना भएको सिआइबीको भनाइ छ । ठगीका मुख्य नाइके भने काभ्रे चौरी–देउराली गाउँपालिका–६ का ३८ वर्षीय रवीन्द्र चौलागाईं रहेको प्रहरी बताउँ छ ।

सहकारीका अध्यक्ष रहेका चौलागाइकै योजनामा सहकारीले भक्तपुरको सूर्यविनायक र काठमाडौंको न्युरोडमा शाखा कार्यालय विस्तार गरी ठगेको देखिएको प्रहरीको भनाइ छ । चौलागाईंको नाममा के कति सम्पत्ति छ ? कहाँ रकम लगानी गरेको छ ? अहिले सिआइबीले अनुसन्धान गरिरहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.