भर्खरै : Sorry, your browser does not support inline SVG.
१३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ |

देउवाद्वारा दुःख व्यक्त

देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका पूर्वसांसद, पार्टीको कञ्चनपुर जिल्ला कार्यसमितिका पूर्वसभापति तथा ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य गङ्गादत्त जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

८५ वर्षको उमेरमा हृदयघातबाट आज निधन भएको हो । जोशीको निधनको खबरले आफू निकै मर्माहत र स्तब्ध भएको उल्लेख भन्दै उनको आत्माको चिरशान्तिको कामना व्यक्त गरेका हुन् । लोकतन्त्र प्राप्तिको हरेक आन्दोलनमा जोशीले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताउँदै सभापति देउवाले एक कर्मठ नेता गुमाएको उल्लेख गरे ।

जोशीले पार्टीको विभिन्न पदमा रहेर पार्टी सङ्घठन निर्माण तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका थिए ।

 


Thali Mobile Pvt.Ltd.