भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

देउवाले गरे सिन्धुपाल्चोकका बस्ती सार्न प्रधानमन्त्रीको ध्यानाकर्षण

देउवाले गरे सिन्धुपाल्चोकका बस्ती सार्न प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ मा आइतबार विहान गएको पहिरोमा भएको मानवीय क्षतिप्रति दुख नेपाली कांग्रेसले व्यक्त गरेको छ ।

सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर बेपत्ताहरुको तीब्रताका साथ खोजी गर्न भनेका छन् । घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्रीहरु खाद्यान्न लत्ता कपडा भाँडाकुँडा औषधी र अस्थायी बसोबासको व्यवस्था तत्काल गर्न सरकारलाई आग्रह गरेका हुन ।

उक्त पहिरोमा परी आइतबार दिउँसोसम्म ९ जनाको शव भेटिएको छ भने २२ जना अझै बेपत्ता छन् । जोखिम वस्तीका नागरिकलाई सुरक्षित स्थानान्तरण गर्न देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

 


Thali Mobile Pvt.Ltd.