भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

साथीलाई बोलाएर दिएको सानो पाटीमा एक युवक तिरे १५ लाख जरिवाना

साथीलाई बोलाएर दिएको सानो पाटीमा एक युवक तिरे १५ लाख जरिवाना

काठमाडौं । १९ वर्षका एक छात्रले आफ्नो घरमा भव्य पार्टी गरे । उनको पार्टीमा ५० जना सहभागी भएका थिए । पार्टीपछि उनलाई कोरोना महामारीको नियम तोडेको आरोपमा १० हजार पाउण्ड (१५ लाख नेपाली रुपैयाँ) जरिवाना तिराइएको छ ।

बीबीसीका अनुसार कारवाहीमा परेपछि ती युवकले आफूले पार्टी आयोजना गरेकोमा खेद व्यक्त गरेका छन् । छात्रका अनुसार उनले केवल २५ जनालाई बोलाएका थिए । उनका अनुसार शुक्रबार आयोजना गरिएको यो पार्टीका लागि उनले केवल २५ जनालाई बोलाएका थिए तर ५० जना आए । पार्टीमा आउनेहरुमध्ये कैयौं आफ्नो साथीको साथमा पार्टीमा आएका थिए ।

घटना बेलायतको नटिंघमको हो । पुलिस त्यो घरमा पुग्दा ५० जना पार्टीमा मस्त भेटिएका थिए ।पुलिस अधिकारीहरुका अनुसार पहिले ती छात्रलाई पार्टी रोक्नको लागि चेतावनी दिइएको थियो । तर, पछि जरिवानाको सजाय गरियो । छात्रले घटनालाई लिएर खेद व्यक्त गरेका छन् तर उनले जरिवानाको राशी तिर्छन् वा तिर्दैनन् भन्ने पुष्टि भएको छैन ।

बेलायतमा कोरोना महामारीका विषयमा नयाँ नियम लागू भएको केही दिनपछि यो घटना सार्वजनिक भएको हो । केवल ६ जनासँग मात्र भेट्न पाउँने नियम थियो । यद्यपि ती छात्रले जुन घरमा पार्टी गरिरहेका थिए त्यो घरमा पहिल्यै उनीसहित ६ जना छात्र बस्छन् । छात्रका अनुसार निम्तो पाउनेहरुले आफ्ना साथी समेत लिएर आएका थिए । ती युवा अब जरिवाना नतिरेमा अदालतमा उपस्थित हुनु पर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.