देउवा–प्रचण्ड दुई वर्ष र माधव एक वर्ष प्रधानमन्त्री हुने सहमति हुँदै

देउवा–प्रचण्ड दुई वर्ष र माधव एक वर्ष प्रधानमन्त्री हुने सहमति हुँदै

काठमाडौं । निर्वाचन परिणाम सकिनै लाग्दा ‘भावी प्रधानमन्त्री को बन्नेकुरामा चासो बढेको छ । निर्वाचनमा कुनै दलले पनि बहुमत नल्याउने स्पष्ट भएकाले ‘दुई वा त्यस भन्दा बढी दल मिलेर सरकार बनायउने देखिएको छ ।

प्रत्यक्षतर्फ पहिलो दल नेपाली कांग्रेस र समानुपातिक मततर्फ एमाले पहिलो दलका रूपमा रहेको छ । कांग्रेस नेतृत्वमा रहेको सत्ता गठबन्धनले नै सरकार बनाउने र पाँच वर्षसम्म गठबन्धनका प्रमुख तीन नेता कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ‘पालैपालो प्रधानमन्त्री बन्नेगरी प्याकेज मै सहमति खोज्नेगरी उनीहरूबीच सहमती भएको हुन सक्ने अनुमान गरिएका छ ।

प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम जोड्दा कांग्रेस १० देखि १२ सिट अन्तरमा पहिलो पार्टी हुने देखिएकाले सरकार गठनमा ऊनै पहिलो दावेदार बन्ने देखिन्छ । एमाले पनि समानुपातिकमा आफू पहिलो पार्टी बनेकाले सरकार गठनमा आफूहरूको पनि दाबी रहने बताउदै आएको छ ।

कांग्रेस नेतृत्वको गठबन्धनका शीर्षनेता ‘भावी सरकार गठनको आन्तरिक गृहकार्यमा लागिरहेका छन् । उनीहरूले गठबन्धन दलकै नेतृत्वमा भावी सरकार बन्ने’ दाबी गर्दै आएका छन् ।

सो दाबी अनुसार कांग्रेस नेतृत्वमा सरकार बन्नेछ तर कांग्रेसभित्र पनि आधा दर्जन बढीले प्रधानमन्त्रीमा दाबी पेस गर्न थालेपछि थप सकस देखिन थालेको छ ।

यद्यपि, गठबन्धन दलको निर्णय र समर्थनले मात्रै कांग्रेसले प्रधानमन्त्री पद पाउने भएकाले बढी सम्भावना भने कांग्रेस सभापति शेरबहादुर देउवाकै देखिएको छ ।

पछिल्ला दिन कांग्रेस सभापति देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्ड तथा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच ‘गठबन्धनकै सरकार बनाएर अघि बढ्ने सहमति हुनुका साथै उनीहरू पालैपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.