देशको अर्थतन्त्र सबल बनाउन उद्यमीको भूमिका महत्वपूर्ण हुन्छः गोल्छा

देशको अर्थतन्त्र सबल बनाउन उद्यमीको भूमिका महत्वपूर्ण हुन्छः गोल्छा

भक्तपुर । देशको अर्थतन्त्र बलियो बनाउन उद्यमीहरुको भूमिका महत्वपूर्ण हुने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् ।

निर्यातमुखी अर्थतन्त्रको विकास गर्न पर्याप्त पूर्वाधार निर्माणमा जुत्न आग्रह गर्दै गोल्छाले विदेश गएका युवाहरुको रेमिटेन्सले देशको अर्थतन्त्र धानिरहेको देख्दा नेपाली उद्यमीहरुले देशको अर्थतन्त्रमा योगदान गर्न नसकेको अनुभूति गरेको जिकिर गरे ।

भक्तपुर उद्योग वाणिज्य संघको ३५ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष गोल्छाले विश्वभर फैलिएको आर्थिक मन्दिले ब्यवसायी भन्दा देश नै समस्यामा परेको धारणा व्यक्त गरे ।

स्थानीय उत्पादनलाई प्रर्वधन गर्न पर्यटन विकासमा जोड दिनुपर्ने भन्दै उनले नेपाल घुम्न आएका पर्यटकहरु भक्तपुर नघुमि नेपाल आएको महसुस गर्न नसकिने बताए । संस्कृति र पर्यटनको विकासले मात्रै देशको अर्थतन्त्र बलियो हुने बताए ।

देशको अर्थतन्त्र जोगाउन लगानीको बातावरण सरकारले बनाउनुपर्ने उनको तर्क छ । गोल्छाले भने, “हामी सामाजिक दायित्वप्रति सचेत प्रतिस्पर्धी ब्यवसाय विकासका लागि प्रतिबध छौं” भन्ने नारा भक्तपुर उद्योग वाणिज्य संघको उद्घोष सान्दर्भिक भएको बताए ।

जिल्लाका उत्कृष्ठ निर्यातकर्ता तथा व्यवसायीहरुलाई सम्मानित गर्नुका साथै भक्तपुरबाट निर्वाचित सांसदहरुलाई उद्यमी व्यवसायीहरुको तर्फबाट सम्मान गरे । भक्तपुर उद्योग वाणिज्य संघको ३५ औं वार्षिक साधारण सभाको अवसरमा प्रकाशित बुलेटिनको गोल्छाले विमोचन गरेका थिए ।

संघका अध्यक्ष शिव मानन्धरको सभापतित्वमा आयोजित सधारण सभामा महासंघका जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, बस्तुगततर्फका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र जनप्रतिनिधीहरुले उद्योग मैत्री वातावरण निर्माणकालागि व्यवसायीहरुले जोड दिदै आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा भक्तपुर क्षेत्र नं २ वाट निर्वाचित साँसद दुर्लभ थापालगायत विशिष्ट व्यक्तित्वले विचार राखेका थिए भने कैलाश खबर एच डि, जनसञ्चा टिभि, नमस्ते टिभि र भादगाउँ टिभिले कार्यक्रमकाे प्रत्यक्ष प्रशारण गरेका थिए ।

तस्वीरमा…

 


Thali Mobile Pvt.Ltd.