देशको विकासले गति लिन नसक्दा खिन्नता लागेर आँउछ : गणेश कठायत

देशको विकासले गति लिन नसक्दा खिन्नता लागेर आँउछ : गणेश कठायत image

दैलेखको ठाटीकाँध गाउपालिका वडा नं. ४ गैरेगाउँमा जन्मीएका गणेश कठायतको बाल्यकाल गाउँमै सामान्य तरिकाले वित्यो । गैरेगाउँकै प्राथमिक विद्यालयबाट कखरा सिकेका कक्षा सात सम्म बहाकोट माविमा अध्ययन गरे । जब उनी कक्षा ७ मा फेल भए अनि राजधानीतीर लागे । कलिलो उमेरमा राजधानी काठमाडौं छिरेका कठायतले विभिन्न किसिमका समस्याको सामना गर्नु प¥यो । कहिले राजधानीको बसपार्क आसपाका क्षेत्रमा त कहिले रत्नपार्क क्षेत्रमा केन्द्रीत हुदै केही वर्ष राजधानी मै विताएर समस्याको सामना गर्न पुगे । समस्या झन् झन् चुलिदै गएपछि उनले राजधानीको बसाईबाट विट मार्दै भारततीर लागे । भारतमा झन समस्याले घे¥यो । एक भारतीयको सम्पकमा रहेका उनले विस्तारै काम गर्न लागे । पछि काम छोडेर चन्दिगढमा आफ्नै कम्पनी निर्माण गरे । कलिलो उमेरमै त्यो कामले उनलाई सफल निर्माण व्यवसायी बन्न सफल्ता मिल्यो । उनको त्यो सफल्तासंगै कसरी उनी त्यहाँ सम्म पुगे त ? उनै व्यवसायी गणेश कठायतसंग कैलाश खबर डटकमका संवाददाताले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत छ : सम्पादक

तपाईको बाल्यकाल कसरी वित्यो ?
म ठाँटीकाध गाउँपालिकाको गैरागाउँमा जन्मेको हुँ । मैले १४–१५ वर्षको उमेर सम्म गाउँमै विताएँ । गाउँमा खेल्दै, रमाउदै स्कुल पछि म काठमाडौ आएँ र काठमाडौमा पनि साथीहरुसं रमाउदै विताए । काठमाडौमा रमाउदै गर्दा भारतको चन्दिगढको यात्रा तय गरियोे । यो यात्रा पनि त्यति सफल त थिएन त्यहाँ पनि साथीहरुसंग रमाउदै गर्दा कन्सट्रकसनको काममा लागियो । यो यात्रामा कहिले फेल हुने र कहीले पास हुने क्रम चलि रहयो ।

त्यसपछि के गर्नु भयो ?
पछि मैले आफ्नै कन्सट्रकसन कम्पनी खोलेर अघि बढेँ । त्यसपछि सफल्ता नजीकै पुगेँ । यहि कामबाट विभिन्न देशको भ्रमण पनि गर्न सफल हुन पुगेँ । केही वर्षको संघर्षपछि विस्तारै अहिले ठीक ठीकै काम भइरहको छ ।

अहिले तपाईको काम कस्तो भइरहेको छ ?
अहिले त राम्रो भइरहेको छ । २, ३ वटा प्रोजेक्टका कार्य सञ्चालन भइरहेका छन् । नयाँ योजनाका कार्यहरु पनि निकट भविष्यमै चल्नेवाला छन् ।

कहाँ कहाँ चल्दै छन् ?
भारतको चन्दीगढ, हिमाञ्चल प्रदेश, उत्तराखण्डलगायतका स्थानमा सञ्चालन भइरहेका छन् ।

कस्ता खालका काम हुन् ?
सडक लाइनको एनएच ५८, एनएच २० र एनएच २०० का कामहरु हुन् ।

त्यहाँ नेपालीलाई ठेका सञ्चालन गर्न सहज, असहज कस्तो छ ?
मलाई त सहजै छ । विशेष गरी मेरो बुवाका कारणले पनि मलाई सहज भएको हुन सक्छ । धेरैले रोजगारी पाएकै छन् । अहिले मेरो प्रोजेक्टमा ६ सय भारतीय र ७ सय नेपालीले काम गरिहेका छन् ।

तपाईको कम्पनी कुन हो ?
गणेश कठायत कन्ट्रक्सन कम्पनी हो ।

कति राजश्व बुझाउनु पर्छ ?
जीएसटी १२ करोड, इन्कम कर ३, ४ करोड तिर्नु पर्छ ।

लगानी कसरी गरिरहनु भएको छ ?
मैले चन्दीगढ, काठमाडौं, दैलेख र क्यानडामा लागनी बढाईरहेको छु ।

यो कत्तीको सहज छ ?
सहज नै छ । यसको श्रेय बुबालाई दिन्छु । बुबाका कारणले नै म यहाँ सम्म आएको छु ।

कहाँ कहाँ घुम्नु भो नेपाल बाहेक ?
अष्ट्रेलिया, अमेरिका, दुवई, कतार, माल्दिभ्स, भुटान, बंगलादेशलगायतका २१ देश घुमियो । तत्काल क्यानडा घुम्ने योजनामा छु ।

दुःखको क्षण भन्नु पर्दा ?
दुःख २१ वर्षको उमेर आएको थियो । कम्पनी लसमा जादै थियो । काम गर्दा आफ्ना मेसिनमा समेत आगो लगाइएको थियो । सबै प्रमाणहरु भएका कारण आगो लगाउनेहरु नै लसमा गए तर आफु घाटामा नगएर झन २४ लाख फाइदा नै भयो ।

अन्यत्र कस्तो छ ?
हिमाञ्चल प्रदेशमा १ नम्बर कम्पनी हो । अन्त पनि राम्र्रै भइरहेको छ । जम्बुमा समेत योजना सञ्चालन गर्न गइरहेको छु । क्यानडाका लागी तयारी गरिरहेको छु ।

नेपालमा के गर्दै हुनुहुन्छ ?
नेपालमा फिल्म बनाउने तयारीमा छु । गाउँघर कै परिवेश अनुसार चलचित्र निर्माणको क्रममै छु ।

केहि भन्नु छ ?
आफ्नो देश प्यारो लाग्छ । तर देशको विकास हेर्दा अलि खिन्नता लागेर आँउछ । अरु देशको विकास हेर्दा हाम्रो धेरै पछि छ । अरु देशभन्दा सुन्दर देश हाम्रो तर किन पछि परिरहेको छ सायद राजनैतिक कारण नै होला । बाह्र वर्ष अघि काठमाडौका गल्लीमा घुम्दा र अहिले पनि उस्तै लागिरहेको छ ।

विकास गर्न के गर्नु पर्ला ?
नेपालमा जति विकास गरेपनि त्यसको दुई वर्षको समेत ग्यारेन्टि हुदैन अनि केलाई विकास भन्ने ? बजेट आउछ, एउटै सडकमा पुग्दैन । बाहिर कम्पनीले १५ सालको ग्यारेन्टी र ४ सालको मेन्टीनेन्स गर्छ । यहा त्यस्तो केही छैन । एकचोटी बनायो छोडिदियो । सकियो ।

समय दिनु भयो तपाईलाई धन्यवाद !
मेरो विचारलाई तपाईको लोकप्रिय मिडिया मार्फत सबैमाझ पु¥याउने अवसर दिनु भयो त्यसका लागि तपाई र कैलाश खबर डट कम परिवारलाई हृदयदेखि नै आभार प्रकट गर्दछु । धन्यवाद !

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda