भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम |

देशभरका निर्माण व्यवसायी सडकमा

देशभरका निर्माण व्यवसायी सडकमा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलन सुरु भएको छ । बुधवार राजधानीमा देशभरका निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई कालो पट्टी बाँधेर सिठ्ठी जुलुश गरेका छन् ।

महासंघको निर्देशनमा ७ प्रदेश तथा ७७ जिल्लाबाट आएका निर्माण व्यवसायीहरू जुलुशमा सहभागी भएका थिए । महासंघको कार्यालय अनामनगरबाट शुरु भएको जुलुश संसद् भवन नयाँ बानेश्वर अगाडि पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले सरकारले व्यवसायीहरूका जायज माग पूरा नगरेका कारण बाध्य भएर दोस्रो चरणको आन्दोलन शुरु गर्नुपरेको बताए ।

सामान्य तरिकाले राज्यले व्यवसायीहरूको समस्या नसुनेका कारण सिठ्ठी फुकेर ध्यानाकर्षण गराइएको महासंघका महासचिव रोशन दाहालले बताए । कोण सभामा निर्माणसँग सम्बन्धित् विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले महासंघको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.