भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

देशभर आक्रमण गर्न आफ्ना लडाकुहरूलाई निर्देशन, सरकारसँगको शान्ति सम्झौता भंग

देशभर आक्रमण गर्न आफ्ना लडाकुहरूलाई निर्देशन, सरकारसँगको शान्ति सम्झौता भंग

एजेन्सी । पाकिस्तानी तालिबानले सरकारसँग भएको शान्ति सम्झौता अन्त्य भएको घोषणा गर्दै देशभर आक्रमण गर्न आफ्ना लडाकुहरूलाई निर्देशन दिएको छ ।

विभिन्न क्षेत्रहरूमा मुजाहिद्दीनहरू विरुद्ध सैन्य कारबाही चलिरहेको हुनाले सम्पूर्ण देशमा जहाँ भए पनि आक्रमणहरू गर्नु आवश्यक रहेको भनिएको छ ।

सन् २००७ मा प्रभावमा आएपछि पाकिस्तानभर भएका दर्जनौं हिंसात्मक हमला र सयौँको मृत्युमा तेहरिक– इ–तालिबान पाकिस्तान टीटीपी समूह जिम्मेवार रहेको छ । सन् २०१० मा ठूलो संख्यामा तालिबान लडाकुहरूलाई पाकिस्तानबाट छिमेकी अफगानिस्तानमा धपाइएको थियो ।

तर, काबुलमा अफगान तालिवानको सत्तामा फर्किएपछि उनीहरूलाई हौसला मिलेको छ । जुनमा टीटीपीले पाकिस्तान सरकारसँग युद्धविराम गरेको थियो । तर, सम्झौता उल्लंघन भएको दुबै पक्षले एक अर्कामाथि आरोप लगाउँदै आएका थिए र विभिन्न स्थानमा अनगिन्ति झडप गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.