भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

देशैभर आँखा पाक्ने सङक्रमण बढ्याे, साबुनपानीले हात धुन आग्रह गर्दै शैक्षिक संस्था तीन दिन बन्द

देशैभर आँखा पाक्ने सङक्रमण बढ्याे, साबुनपानीले हात धुन आग्रह गर्दै शैक्षिक संस्था तीन दिन बन्द

काठमाण्डौ । कास्कीको पोखरा महानगरपालिकाले तीन दिनका लागि शैक्षिक संस्था बन्द गरेको छ । महानगरभित्रका सामुदायिक, संस्थागत, मन्टेश्वरी सम्पूर्ण शैक्षिक संस्था वर्षेरहिउँदे र स्थानीय बिदाबाट कट्टी हुने गरी आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न बुधबारदेखि २६ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

देशैभर आँखा पाक्ने सङक्रमण देखिए पछि पोखरासहित अरु कतिपय पालिकाले विद्यालय बन्द गरेका छन् । हरेक वर्षायाममा आँखा पाक्ने समस्या देखिने गरे पनि यस पटक प्रकोपकै रूपमा फैलिरहेको छ । विद्यार्थीलाई सुरक्षित रुपमा घरमा बस्न र अभिभावकलाई पनि सङ्क्रमणबाट बच्न सूचना मूलक सन्देश सम्प्रेषण गर्न महानगरले अनुरोध गरेको छ ।

सङ्क्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले पनि नियमित साबुनपानीले हात धुन पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । आँखा पाक्ने समस्या हुँदा आँखा रातो हुने, आँखाको डिल सुन्निएर हेर्न समस्या हुने, आँखाबाट पानी बगिरहने, आँखा चिलाउने, पोल्ने र बिझाउने, आँखामा पहेँलो चिप्रा आउने, बिहान उठ्दा ढकनी एक आपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनेजस्ता लक्षण देखिन्छन् ।

 


Thali Mobile Pvt.Ltd.