भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

दैलेखको आठबीस नगरपालिकाका आगलागी पीडितलाई आर्थिक सहयोग

दैलेखको आठबीस नगरपालिकाका आगलागी पीडितलाई आर्थिक सहयोग

काठमाडौं । बैशाख २७ गते दैलेख जिल्लाको आठबीस नगरपालिका–६ स्थित मांल्या बुढा सामुदायिक वनमा भएको आगलागीबाट घाइते भएका नागरिकहरुको उपचार गर्न अभियान्ता रामसुन्दर बकेले आर्थिक सहयोग गरेका छन् । आगोले जलेर वर्न अस्पताल कीर्तिपुरमा उपचार गराईरहेका दैलेखका ७ जना विरमीको उपचारमा आठबीस नगरपालिकाका पर्यटन सल्लाहकार,उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका पर्यटन सल्लाहकार,“जेपाक्छ त्यहि बिक्छ अभियानका अभियान्ता र भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोट भक्तपुरका अध्यक्ष राम सुन्दर बकेले आर्थिक सहयोग गरेका हुन ।

आठबीस नगरपालिका दैलेखका पर्यटन सल्लाहकार बकेले एक लाख ३ हजार ६ सय आर्थिक सहयोग गरेका हुन । उक्त सहयोग आठबीस नगरपालिकाका मेयर तर्क बडुवाललाई पर्यटन सल्लाहकार रामसुन्दर बके र पर्यटन दुत अंजिर सिहँ विकले वर्न अस्पताल कीर्तिपुर पुगेर हस्तान्तरण गरेका थिए ।

सहयोग गरेकोमा सल्लाहकार बके, पर्यटन दुत विकलाई मेयर तर्कबहादुर बडुवालले धन्यवाद दिदै अन्य सहयोगी हातहरूमा आभार व्यक्त गरेका थिए । यसको समन्वय कैलाश खबर डटकमले गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.