भर्खरै : Sorry, your browser does not support inline SVG.

दैलेखले पायो पहिलो सचिव, दैलेखका घनश्याम उपाध्याय सचिव पदमा बढुवा

दैलेखले पायो पहिलो सचिव, दैलेखका घनश्याम उपाध्याय सचिव पदमा बढुवा

काठमाडौं । कर्णाली प्रदेशको दैलेख जिल्लाले नेपाल सरकारको पहिलो सचिव पाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गरेसंगै दैलेखले पहिलो सचिव पाएको हो ।

मन्त्रिपरिषदको बैठकले निजामति सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषदको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि विसं २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको निम्ति आदेश जारी गर्ने निर्णय गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.