भक्तपुर । सूर्यविनायक नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट गरेपछि त्यसको सकारात्मक प्रभाव देखिन थालेको छ । नगरले नौलो र राम्रो अभ्यास शुरु गरेको भन्दै स्थानीयस्तरमा प्रसंषा हुन थालेको हो । शैक्षिक क्षेत्रमा गरेको नयाँ अभ्यासले विद्यार्थी मात्रै होइन, अविभावकहरुपनि खुसी भएका छन् । विद्यालयले एक दक्ष प्र.अ. मात्रै पाएको होइन, उक्त निर्णयले गुणस्तरीय शिक्षासमेत पाएको विद्यार्थीले बताएका छन् ।
सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किदै गएकाले नगरमा प्रतिस्पर्धाबाट प्रअ नियुक्ति प्रक्रिया गरेको नगर प्रमुख बासुदेव थापाले बताए । यो निर्णयले माध्यामिक विद्यालयमा राम्रो प्रभाव पर्दैगएको छ भने आधारभूत विद्यालयमा परिवर्तनसमेत ल्याइदिएको छ । नगरकै विकट क्षेत्रका रुपमा परिचित वडा नं. १० चितपोलकोे शैक्षिक स्तर उकास्नमा निकै मद्दत पुगेको छ । उदाहरणका रुपमा बाल शिक्षा सदन आधारभूत विद्यालयलाई लिन सकिन्छ ।
शिक्षकको कार्यदक्षताका कारण अहिले यो विद्यालयको भविष्य उज्वल बन्दै गएको छ । प्रतिस्पर्धाबाट प्र.अ. आएपछि अहिले बाल शिक्षा सदन आविको सामुदायिक पन नै बेग्लै पहिचानका रुपमा स्थाष्ति भएको छ । प्रधानाध्यापक राजेस छुकांले आफ्नो छोरा त्यही विद्यालयमा राखेर पढाएदेखि अविभावकहरुमा उत्साह थपिएको बताए । आफुले मात्रै होइन, शिक्षकहरुलाईसमेत आफ्ना बालबालिका यही स्कुलमा पढाउन आग्रह गरेको बताए ।
कतिपय शिक्षकले यही स्कुलमा छोराछोरी पढाउन थालेको उनको भनाइ छ । आफ्नो छोरा पढेको विद्यालय किन नराम्रो बनाउला त ? भन्दै स्थानीय अभिवावकले भन्दा उक्त कार्य एक उदारणीय कार्य ठानेको उनको भनाइ छ । विद्यालय सुधार, अविभावकमा उत्साह र विद्यार्थीमा जोश ल्याउन र शिक्षामा गुणस्तर कायम गर्न वडा कार्यलय हरदम लागिपरेको वडाध्यक्ष शिवराम राउतले बताए । सूर्यविनायक नगरपालिका वडा नं १० मा रहेका सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न दिनरात नभनि समय विताइरहेको नगर कार्यपालिका सदस्य शर्मिला बस्नेतले बताइन् ।
व्यवस्थापनका तर्फबाट कुनै कमजोरी हुन नदिन पनि पहल भइरहेको बस्नेतको भनाइ छ । सामुदायिक विद्यालयको भविष्य समुदायको हातमा हुने भएकाले समुदाय सचेतिकरण अभियान पनि थालेको उनको भनाइ छ । पहिले विशंगतिको चंगुलामा फसेको विद्यालय अहिले नीजि विद्यालयकै जस्तो अंग्रेजी माध्यममा पढाई हुँदा सामुदय समेत उत्साहित भएर लागेको विव्यस अध्यक्ष समेत रहेकी बस्नेतले बताइन् । बाल शिक्षा सदन आविमा पनि अंग्रेजी माध्यमबाट पठन पाठन भएको भनेर स्थानीय भन्न थालेका छन् ।
गुणस्तरीय पठनपाठन हुदा स्थानीयको आर्थिक क्षमतासमेत अभिबृद्धि हुनेमा आशावादी भएको उनको भनाइ छ । विद्यालयमा अहिले विद्यार्थी र अभिभावकले समेत विशेष चासो दिन थालेका छन् । विद्यालयमा मात्रै होइन, अभिभावकले घरमा पनि आफ्ना बालबालिकाको विशेष ध्यान दिनुपर्ने भनेर निर्देशन नै दिएको विव्यस अध्यक्ष बस्नेतले बताइन् । काठमाडौं महानगरकै जस्तो हरेक शुक्रबार ‘बुक फ्रि डे’ गरि १० देखि १ बजेसम्म अंग्रेजी भाषा शिक्षण गराइरहेको विद्यालय प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार १ बजेपछि विद्यार्थिको सर्वाङ्गिण विकासका लागि अतिरिक्त क्रियाकलाप हुँदै आएको छ । बालकालिकाको सर्वाङ्गिण विकासका लागि विद्यालय परिवार सचेत रहेको प्रधानाध्यापक छुकांले बताए । एक विद्यार्थी एक विरुवा नाराकासाथ विद्यालय हाता भित्र वृक्षारोपण कार्य भइरहेको जानकारी दिए । वृक्षारोपण कार्य जनप्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी, स्थानीयको सक्रिय सहभागिता हुदा आफु हर्षित भएको शिक्षकको भनाइ छ ।
विद्यालयको वातावरण राम्रो बन्दै गएपछि आफ्नो छोलालाईसमेत यही स्कुलमा भर्ना गरेको शिक्षक पुण्यश्वरी सुलूले बताइन् । विद्यालयमा अन्य अतिरिक्त क्रियाकलापका लागि अभिमुखिकरणका कार्यक्रमहरुपनि गर्दै आएको शिक्षक बताउँछन् । जस अन्तर्गत बिद्यार्थीलाई स्काउटसम्बन्धी अभिमुखीकरण दिइने गरेको छ । बाल शिक्षा सदन आ.विमा अहिले भौतिक संरचना पनि पुरा भएका छन् । सबै मिलेर गुणस्तरीय शिक्षा दिनमा व्यवस्थापन समिति सदैव लागि परेको छ ।
शिक्षालाई दोष दिएर विदेश पलायन हुने जनशक्ति बढ्दै गएकाले त्यसप्रति सचेत भएर गुणस्तरता र सँस्कारमासमेत विशेष ध्यान दिइएको विव्यस अध्यक्ष बस्नेतले बताइन् । अनुशान, सँस्कार र उत्पादनमासमेत विद्यार्थीलाई सहभागिता गराइदै आएको विद्यालय प्रशासनले जनाएको छ । व्यवहारिक शिक्षा, आधुनिक शिक्षा, प्राविधिक शिक्षा, नेपाली सस्कार, सँस्कृति झल्किने र सँस्कारको जगेर्ना गर्ने उदेश्यले बेला बेला विद्यार्थीलाई विविध प्रतियोगितात्मक कार्यक्रममा सहभागि गराउँदै आएको विव्यस परिवारले जानकारी दियो ।
धान रोपाईं देखि वृृक्षारोपणसम्म विद्यार्थीलाई सहभागि गराएको शिक्षकहरुले बताए । विद्यार्थीलाई थप हौसला प्रदान गर्न छात्रवृत्ति वितरण, साँस्कृतिक कार्यक्रम, साहित्यिक गतिविधिका साथै शिक्षक, विद्यार्थी र अभिभावकबीच छलफल पनि हुने गरेको छ । विद्यालयले यो वर्ष ३० जना छात्र–छात्रालाई नियमित छात्रवृत्तिसमेत प्रदान गरेको जनाएको छ ।
चित्रकला प्रतियोगिता, वाटर फिलिङ रेस, डोरी तान्ने प्रतियोगिता तथा विश्व वातावरण दिवसको अवसरमा लघुनाटक प्रतियोगिता गर्दै प्रथम, द्वितीय र तृतीय हुन सफल बिद्यार्थीलाई मेडल तथा पुरस्कारसमेत प्रदान गर्दै आएको प्र.अ. छुकांले जानकारी दिए । यति मात्रै होइन, प्रत्येक शुक्रबार शारीरीक तथा बौद्धिक अतिरिक्त क्रियाकलापसमेत हुदै आएका छन् । साहित्यमा अगाडि बढाउन विद्यार्थीलाई बुलेटिनका लागि कथा, निबन्ध, कविता, सस्मरण लेखन सिकाउदै आएको छ ।
वातावरण स्वच्छ राख्नु पर्छ भन्ने ज्ञान दिनका लागि अन्तराष्ट्रिय वातावरण दिवसको अवसरमा विद्यार्थीको सहभागितामा वृक्षारोपण गरेको शिक्षकहरुले बताए । दिवशका अवसरमा विधार्थीले विधालय परिसरमा सरसफाईसंगै वृक्षारोपण गरेका हुन् । वातावरण संरक्षणका लागि पनि सचेतनामुलक कार्यहरु विद्यालयमा निरन्तर भइरहेका छन् ।
तस्वीरमा चितपाेल…
