भर्खरै : Sorry, your browser does not support inline SVG.

निर्माण थालेको ७ वर्ष वित्दा पनि आठबीस नगरको जाक्सीमा अझै बनेन पुल, स्थानीय सरकार बेखबर

निर्माण थालेको ७ वर्ष वित्दा पनि आठबीस नगरको जाक्सीमा अझै बनेन पुल, स्थानीय सरकार बेखबर

काठमाडौं । दैलेखको आठबीस नगरपालिका वडा नं ३ र ४ जोड्ने जाक्सी खोलामा जाम हुन थालेको छ । निर्माण थालनी गरेको पुल ७ वर्षसम्म पनि निर्माण हुन नसक्दा यात्रुले सास्ती भोगिरहेका छन् । कर्णाली राजमार्ग त्यसैमा पनि मृत्युमार्गको रूपमा परिचित यहाँ ठेकेदारका लापरबाहीका कारण कालिकोट, जुम्ला, हुम्ला सम्म पुग्ने यात्रुले सास्ती भोग्न भरेको हो ।

आठबीस नगरको जाक्सीमा अझै बनेन पुल, यात्रुलाई सास्ती

खोलामा पुल निर्माण हुन नसक्दा दैनिक २÷४ घण्टा जाम्मा बस्नु पर्ने समस्याले हैरानी हुने गरेको यात्रु र स्थानीयले गुनासो गरेका छन् । जाक्सीका स्थानीय भन्छन्, ‘पुल निर्माण थालेको ६ र ७ वर्ष वितिसक्दा पनि सञ्चालमा आउन नसक्नु जनप्रतिनिधिको पनि कम्जोरी छ ।

चुनावका बेला यस क्षेत्रबाट राजनीतिक नेतृत्व गर्ने नेताहरूले यही पुललाई एजेण्डा बनाएर भोट लगे, जितेर गएपछि बनाउनुु त कता हो कता फर्कि हेर्दैनन् । उल्टै लाज पचाएर हिड्छन् ।’ यो पुल मात्रै होइन, यस आसपासका अन्यपुल बनिसकेपनि सञ्चालनमा नआउनु अर्को दुखद पक्ष हो ।

सरकारको काम जनप्रतिनिधिलाई पनि मतलब नहुनु झन दुःखको कुरा भएको स्थानीयले दुखेसो पोखे । पुल बनिसक्दा पनि सञ्चालनमा आउँन नसक्नुको कारण के हो ? भनेर जनप्रतिनिधिलाई भन्दा यसको जवाफ ठेकेदारबाट लिनु भनेर हिड्छन् । आफ्नो कार्यक्षेत्रमा नपर्ने भनेर गैर जिम्मेवार जवाफ फर्काने गरेको स्थानीय उज्जल शाहीले बताए । शाहीले भने, ‘यस समस्याको समाधान कस्ले गर्ने होला ? हामी त दिकदार भइसक्यौं ।

विभिन्न राजनीतिक दलका नेताहरु, स्थानीय सरकारका मेयर, उपमेयर, कार्यपालिका सदस्यहरु कहाँ दुईचार पैसा झार्न सकिन्छ, त्याहाँ च्यापु तड्छन् । यसबाट केही नआउने भएपछि किन यसको अनुगमन गथ्र्ये र ।’ यो समस्या अहिले को नभएर पुरानै समस्या भएको स्थानीय बताउछन् । सडक डिभिजनले पनि यस विषयमा कुनै चासो नदिएको गुनासो स्थानीयको छ ।

कतैबाट गुनासो नआएपछि ठेकेदार पनि के कम कानमा तेल हालेर बस्ने नै भयो भनेर स्थानीय चक्र थापाले गुनासो पोखे । यो खोलाको पुल निर्माणका लागि स्थानीय, प्रदेश र केन्द्र सरकार कस्को जिम्मा हो ? जसको भएपनि समस्या समाधानका लागि समय मै पहल गर्न अनुरोध गरेको स्थानीयले बताए । लापरबाही गर्ने ठेकादारलाई कारबाही गर्नु पर्ने र यदि सम्बन्धीत पक्षलाई कारबाही नगरे राजमार्ग नै बन्द गर्नु पर्ने अवस्था आउन सक्ने चेतावनी स्थानीयले दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.