भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दैलेख सेवा समाज दक्षिण कोरिया गठन

दैलेख सेवा समाज दक्षिण कोरिया गठन

काठमाडाैं । अध्ययन, व्यापार तथा रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुगेका नेपालीको बृहत छलफल पछि दक्षिण कोरिया दैलेख सेवा समाज गठन गरिएको छ ।

दैलेखबाट कोरिया पुगेका उनीहरुले सामूहिक छलफल गरी सामाजिक भावनाको अपनत्व अभिवृद्धि र आपसी सद्भाव तथा सामाजिक सेवा प्रदान गर्ने मुख्य उद्देश्य बोकेर सेवा समाज गठन गरेका हुन । राकेश चौलागाईंको अध्यक्षतामा गठन गरिएको दैलेख सेवा समाज दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्षमा नारायण नगरपालिकाका तिलक थापा रहेका छन् ।

समाजको उपाध्यक्षमा प्रेम शाही (नौमुले गाउँपालिका), उपाध्यक्षमा कलम कार्की (भैरबी गाउँपालिका), महिला उपाध्यक्षमा सीता शर्मा, (नारायण नपा) महासचिवमा आत्मापुरुश आचार्य (आठबिस नपा) सचिवमा रमेश बहादुर शाही (गुराँस गापा), सचिवमा प्रबिण शाही (चाबिनपा), सचिवमा भक्ती प्रसाद आचार्य (आठबिस नपा) चयन भएका छन् ।

त्यस्तै समितिकाे कोषाध्यक्षमा लक्ष्मण शर्मा (महाबु गापा), सहकोषाध्यक्ष कर्ण बिक (गुराँस गापा) चयन भएका छन् । यस्तै, सल्लाहकारमा बखत बहादुर थापा, धर्म तिवारी, गणेश कोइराला, अनिल शाही रहेका छन् । १२ जना पदाधिकारी,४ जना सल्लाहकार, २३ जना सचिवालय सदस्य गरी ३८ जनाको कार्यसमिति रहेको समाजले जनाएको छ ।

१२१ जना सक्रिय सदस्यसहित कुल १५९ जनाको दक्षिण कोरिया दैलेख सेवा समाज गठन गरिएको कैलाश खबरलाई जानकारी दिएका छन् । उनीहरूले नेपालमा हुने हरेक समस्यामा साथ दिने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.