भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

दैलेख सेवा समाज दक्षिण कोरिया गठन

दैलेख सेवा समाज दक्षिण कोरिया गठन

काठमाडाैं । अध्ययन, व्यापार तथा रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुगेका नेपालीको बृहत छलफल पछि दक्षिण कोरिया दैलेख सेवा समाज गठन गरिएको छ ।

दैलेखबाट कोरिया पुगेका उनीहरुले सामूहिक छलफल गरी सामाजिक भावनाको अपनत्व अभिवृद्धि र आपसी सद्भाव तथा सामाजिक सेवा प्रदान गर्ने मुख्य उद्देश्य बोकेर सेवा समाज गठन गरेका हुन । राकेश चौलागाईंको अध्यक्षतामा गठन गरिएको दैलेख सेवा समाज दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्षमा नारायण नगरपालिकाका तिलक थापा रहेका छन् ।

समाजको उपाध्यक्षमा प्रेम शाही (नौमुले गाउँपालिका), उपाध्यक्षमा कलम कार्की (भैरबी गाउँपालिका), महिला उपाध्यक्षमा सीता शर्मा, (नारायण नपा) महासचिवमा आत्मापुरुश आचार्य (आठबिस नपा) सचिवमा रमेश बहादुर शाही (गुराँस गापा), सचिवमा प्रबिण शाही (चाबिनपा), सचिवमा भक्ती प्रसाद आचार्य (आठबिस नपा) चयन भएका छन् ।

त्यस्तै समितिकाे कोषाध्यक्षमा लक्ष्मण शर्मा (महाबु गापा), सहकोषाध्यक्ष कर्ण बिक (गुराँस गापा) चयन भएका छन् । यस्तै, सल्लाहकारमा बखत बहादुर थापा, धर्म तिवारी, गणेश कोइराला, अनिल शाही रहेका छन् । १२ जना पदाधिकारी,४ जना सल्लाहकार, २३ जना सचिवालय सदस्य गरी ३८ जनाको कार्यसमिति रहेको समाजले जनाएको छ ।

१२१ जना सक्रिय सदस्यसहित कुल १५९ जनाको दक्षिण कोरिया दैलेख सेवा समाज गठन गरिएको कैलाश खबरलाई जानकारी दिएका छन् । उनीहरूले नेपालमा हुने हरेक समस्यामा साथ दिने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.