भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान

दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान

दोलखा । वैतेश्वर गाउँपालिका वडा नं ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” र तामाकोशी गाउँपालिका वडा नं ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” गरी ७ (सात) वटा केन्द्रमा भएको भनिएको मतदान कार्य स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको नदेखिएको तथा

उल्लेखित केन्द्रहरुको मतदानमा निर्वाचन आयोग ऐन, २०७३ को दफा १० को उपदफा (१), प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४६ को उपदफा (१) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४६ को उपदफा (१) बमोजिम अनधिकृत कब्जा भई मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पुगेको हुँदा निर्वाचन आयोग ऐन, २०७३ को दफा १० को उपदफा (२) बमोजिम वैतेश्वर गाउँपालिका वडा नं ६

वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं। द्द जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” र तामाकोशी गाउँपालिका वडा नं। ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” गरी ७ (सात) वटा मतदान केन्द्रमा मिति २०७९ मंसिर ४ मा भएको मतदान रद्द गरी उल्लेखित केन्द्रहरुमा पुनःमतदान गराउने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।

यहाँका १० वटा मतदान केन्द्रमा जिम्मेवारीमा रहेका राष्ट्रसेवक कर्मचारीहरुको विवरण आयोगको सचिवालयमार्फत सम्बन्धित निकायसँग माग गरी निजहरु उपर आवश्यक कारवाहीका लागि आयोगमा पेश गर्नसमेत सचिवालयलाई निर्देशन दिएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.