भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

धन्सार भत्किँदा स्याङ्जामा बालिकाको मृत्यु

धन्सार भत्किँदा स्याङ्जामा बालिकाको मृत्यु

स्याङ्जा । स्याङ्जामा एक बालिकाको ज्यान गएको छ । अविरल वर्षाको कारण धन्सार भत्किँदा गल्याङ नगरपालिका वडा नम्बर १० डुबिनडाँडाका एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ढाकाराम भट्टराईकी छोरी १२ वर्षीया रेखा भट्टराईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

गोठ भत्किँदा एउटा लैनोभैँसी र २ वटा बाख्राका पाठा पुरिएका छन् भने रेखा सुतिरहेका बेला धन्सार भत्किएको र उनलाई पुरेको प्रहरीले जनाएको छ । धन्सार भत्किँदा घाइते भएकी भट्टराईको उपचारका लागि गल्याङ लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा रेखाका दाई १६ वर्षीय लक्षमण भट्टराई घाइते भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.