भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चितवन सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने

चितवन सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने

चितवन । चितवन जिल्लामामा ५० हजार ५ सय घरपरिवार जोखिममा रहेका छन् । बाढी पहिरोबाट चितवन जिल्लामा ५० हजार ५ सय घरपरिवार जोखिममा परेका हुन । जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्नेको विपद् व्यवस्थापन समितिको बैठकले तथ्याङ्क सार्वजनिक गरेको हो ।

बाढी र पहिरोको खतरा बढेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन दिएको छ । नारायणी र राप्ती नदीका कारण जोखिम बढेकाले जोखिम न्यूनीकरणको तयारीमा जुटेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उद्धारका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन समेत विल्ला प्रशासन कार्याmलयले निर्देशन दिइएको छ ।

बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ । भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्था रहेको छ भने माडी नगरपालिकाका ४ हजार ५ सय परिवार, रत्ननगरका पाँच हजार, कालीका नगरपालिकाका १ हजार ५०, खैरहनी नगरपालिकाका ३ सय २० र राप्ती नगरपालिकाका ११ परिवार प्रभावित हुने अवस्था रहेको उल्लेख गरिएको छ ।

पहिरोका कारण भरतपुर महानगरपालिकाका ३ सय, कालीकाका १ सय, राप्तीका २ सय तथा इच्छाकामना गाउँपालिकाका १ सय २५ परिवार प्रभावित बन्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.