धर्मको व्यापार, स्वार्थपूर्ण सिन्डिकेटमा संचालित मोक्षधाम

धर्मको व्यापार, स्वार्थपूर्ण सिन्डिकेटमा संचालित मोक्षधाम

दैवि शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वासलाई धर्म भनिन्छ । नैतिक आचरण, व्यवहरार, मूल्य तथा मान्यता, सङ्घ संस्था, तथा पुरातन बिधिहरू यसमा जोडिन्छिन् । आस्था अथवा विश्वास जस्ता शव्द पनि धर्मकै अर्थमा प्रयोग गरिन्छ ।

धर्म भनेको जिव वा मानवको स्वभाविक गुण पनि हो । सम्पुर्ण मानवहरूको गुण एकै हुन्छ । मानव सँस्कृतीको विकाशसँगै धर्मको अर्थ समाज र ब्यक्ति अनुसार फरक फरक गरेको पाइन्छ । त्यसै अनुसार कहिलेकाँही धर्म शब्दलाई संगठीत धर्मको रूपमा पनि हेर्ने गरिन्छ ।

संगठीत धर्म भन्नाले त्यस्ता मानिसहरूको समुहलाई जनाउँछ जसले सँयुक्त रूपमा एउटै धर्म सँयुक्त रूपमा पालना गर्दछन् । संसारमा मानिसहरू विभिन्न किशिमका धर्महरू पालना गर्दछन् । ती मध्ये जनसङ्ख्याको हिसाबले सबैभन्दा प्रमुख धर्महरू मानिन्छन् ईसाई, ईस्लाम, हिन्दू, बौद्ध, यहुदी र अन्य धर्महरू । जुन धर्म भएपनि ज्ञानको श्रोतका रुपमा धर्मका समर्थकहरूले लिने गर्दछन् ।

धर्मका स्रोतहरु धार्मिक गुरु, धार्मिक ग्रन्थ, अथवा आत्मज्ञान हुन् । भनिन्छ धर्मको कुनै सिमा हुँदैन र यसले हरेक प्रश्नको उत्तर दिने कोशिस गर्दछ । धार्मिक ब्यक्तिहरू भन्छन्, ‘यस्तो तरिकाबाट प्राप्त ज्ञान नै सत्य ज्ञान हो जुन गलत सावित गर्न सकिंदैन । धार्मिक ज्ञान धर्म तथा सम्प्रदाय अनुसार अलग अलग हुन सक्छ ।

तर, विज्ञानले संसारको सक्षम अध्ययन गरेर ज्ञान प्राप्त गर्दछ र यसले मात्र ब्रम्हाण्डको बारेमा सम्पूर्ण प्रश्नहरूको उत्तर दिन सक्तछ । धेरैजसो धर्मका अनुयायीहरू धर्म र अध्यात्ममा खासै भिन्नता देख्दैनन् । तर केही व्यक्तिहरू यी दुई बिच ठूलो भिन्नता भएको तर्क गर्दछन् ।

तिनीहरूले अध्यात्मलाई ईश्वर माथिको आस्थाको रूपमा मात्र मान्दछन् र धार्मिक सङ्गठन तथा त्यसका क्रियाकलापहरू अध्यात्म अन्तरगत नपर्ने तर्क गर्दछन् । अनि कमाउ धन्दामा आफुलाई उभ्याउछन् ।

त्यस्ता व्यक्तिहरू आफ्नो आस्थालाई धर्मको रूपमा भन्दा पनि अध्यात्मको रूपमा ब्याख्या गर्दछन् यसले गर्दा उनिहरू कुनै सङ्गठन अथवा समुदायको सदस्य नभएको जनाउँदछन् । सायद त्यसैका कारणले होला संसारमा धार्मिक आस्थाका आधारमा पनि लडाईहरु भएका छन् । पछिल्लो उदाहरणका रुपमा कुनै व्यक्ति आएर तपाईंलाई भनिरहेका पनि होलान् ।

यो धर्म मान्नु होस्, फलानो धर्म लिनुहोस् । जुन धर्म अंगालेका छन्, त्यसमै लाग्न तपाईंलाई फकाउँछन् । लोभ्याउँछन् । नजानिदो ढंगले धम्क्याउँछन् । डर एवं त्रास देखाइदिन्छन् । उनीहरुले भन्नेछन्, ‘फलानो धर्म लिनुहोस्, यस्तो मिल्छ, उस्तो मिल्छ ।’ यदि आफ्नो सहि ज्ञानका कारण तपाईंलाई सव वाइवात पनि लाग्न सक्ला ।

उनीहरुको भनाइमा तपाईंलाई केही हदसम्म लोभ लाग्ला । केही हदसम्म डर लाग्ला । केही भ्रमित पनि हुनुहुनेछ । केही द्विविधाग्रस्त हुनुहुनेछ । अब तपाईं आफुले गरिआएको, मानिएआएको, बुझिआएको संस्कार, संस्कृति र परम्पराबाट मोडिएर अर्कै धर्ममा लाग्नुहुनेछ । हो, यही मोडबाट तपाईंमाथि ‘भावनात्मक अत्याचार’ हुन थाल्छ ।

यदि यसैमा समाहित भएमा अब तपाईं उनीहरुप्रति समर्पित हुनुपर्नेछ । अब तपाईं उनीहरुको ईशारामा चल्नुपर्नेछ । अब तपाईं उनीहरुकै अह्राई–खटाइमा लाग्नुपर्नेछ । उनीहरुले अनेक शब्दजाल बुनेर तपाईंलाई कठपुतली बनाउँनेछन् । तपाईं उनले जे भनेपनि ‘नाई’ वा ‘हुन्न’ भन्न सक्ने अवस्थामा रहनुहुन्न ।

त्यसपछि तपार्ईंले उनीहरुकै लागि सहयोग गर्नुपर्नेछ । आफ्नो सम्पति वा आफ्नो कमाईको केही अंश उनीहरुकै भागमा बुझाउनुपर्नेछ । तपाईंबाट आर्थिक लाभ लिन्छ नै । भेटीको रुपमा, दक्षिणाको रुपमा, दानको रुपमा तपाईंबाट पैसा असुलिनेछ । त्यतीले मात्र नपुगेर उनीहरुको पुस्तक, पोस्टर र अन्य सामाग्री तपाईंले खरिद गरिदिनुपर्नेछ ।

आठौ आश्चर्य नेपालमा भन्ने उच्च लक्ष्यबोकेको मोक्षधाममा विभेदको खाडल
तन्त्र, मन्त्र, यन्त्रको अलौकिक प्रयोगशालाको रूपमा निर्माण आरम्भ भएको, नेपाल, नेपाली र नेपाली संस्कृतिलाई विश्वसामु चिनाउने महान् उद्देश्य लिएको एक आध्यात्मिक ऊर्जा केन्द्रमा सिमित व्यक्तिले सिन्डिकेट लागु गरेको पाइएको छ ।

ऋषिभूमि र यज्ञभूमि नेपाललाई विश्वभरि चिनाउने एक अलौकिक गन्तव्य बनाउने गुरुदेवको संकल्पना माथि नै प्रश्न चिन्ह खडा हुनेगरी ती व्यक्तिका कारणले कसरी पनौतीमा स्वर्ग बनाउँन सकिएला त ? आठौ आश्चर्य नेपालमा भन्ने उच्च लक्ष्यका साथ मोक्षधाम निर्माण भइरहेको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण कुशादेवीको पहाडमा स्थापित हुने धाम संसारभरिका आध्यात्मिक जिज्ञासुहरूको आकर्षणको केन्द्र बन्ने पक्का छ । यसलाई अझ संसारमा प्रचार प्रसार गर्न जरुरी छ । तर आज (१८ फागुन बिहिबार)बाट सुरु भएको आदित्य जनकल्याण महायज्ञ महाअनुष्ठानमा सिमित मिडिया र व्यक्तिको सिन्डिकेट स्वार्थले गर्दा मोक्षधाम नै स्वार्थकुण्डमा परिणत भएको देखिन्छ ।

पवित्र आस्था बोकेर गरिएको मोक्षधाममा यस्ता छुद्र चिन्तन बोकेका केही व्यक्तिका कारण कसरी यसको भविष्य उज्जल होला ? भन्ने प्रश्न उब्जिएको छ । आदित्य मोक्षधाम निर्माण हुने क्रममै छ । यहाँ एक सय अधिक स्मारकहरू निर्माणकाक्रममा छन् ।

गुरुदेवको योजना मुताविक प्रत्येक स्मारक एवं मन्दिर अनौठो र विलक्षण हुने निश्चित छन् । गुरुयोजना अनुसार नै निर्माणकार्य आरम्भ भइसकेको यस स्थलमा संचालन भएको मोक्षधामको प्रचार प्रसार गरि संसारमा परिचित गराउने विशुद्ध उदेश्यले गएका मिडियालाई विभेद गरिनु दुखद पक्ष हो ।

सिमित व्यक्तिको स्वार्थमा मोक्षधाम परेको हुनाले कसरी हामी संसारमा चिरपरिचित गराउँन सकौंला ? होइन भने यसको प्रचार प्रसार सोत स्फूर्त गर्न जरुरी छ । होइन भने कुन स्वार्थले यस्तो विभेद ? किन विभेद ? प्रचार प्रसार गर्न नदिनुको कारण के ? यसको जवाफ दिन जरुरी छ ।

ती स्वार्थले भरिएका सिमित व्यक्तिका कारण मोक्षधामलाई भविष्यमा एक धार्मिक गन्तव्य मात्र नभएर योग, ध्यान, साधना, संस्कार र संस्कृतिको विशाल ज्ञानकेन्द्र कसरी बनाउँन सकिएला ? यसले परिकल्पनाकार गुरुदेवको मोक्षमोह कसरी ऊर्जाकेन्द्रको रूपमा पुग्ला र ?

चक्र, मन्दिर, महाभैरव, आदियुग द्वार, नवग्रह, सप्तर्षिको प्रचार प्रसारले यहाँ पविद्र धार्मिक स्थल हो भन्ने कुरालाई सिन्डिकेटले रोकिदिएको छ । मानव इतिहासमा धेरै धामहरू निर्मित भएका छन् । ती धामहरुको प्रचार प्रसारले गर्दा संसारमा परिचित भएका छन् ।

तर आदित्य मोक्षधाम आधुनिक विज्ञान र सनातन अध्यात्म चिन्तनधारको युग सहाउँदो संगम केन्द्र बन्ने निश्चितप्राय हुदाहुदै पनि प्रचार प्रसारको निषेधले के सन्देश देला आयोजकले बुझ्न जरुरी छ ।

आगन्तुकलाई अनुरोध
यज्ञशालाभित्र मोबाइल प्रयोग र फोटो खिच्ने कार्य नगरिदिनु हुन विनम्र अनुरोध गर्दछ भनेर आगन्तुकलाई अनुरोध गरिएको छ । तर कुनै व्यक्तिलाई मज्जाले क्यामेरा फर्काइ फर्काइ मज्जाले खिच्च दिइएको छ । कसैलाई भने निषेध किन ?

कसैलाई विभेद किन ? यो नियम अर्थात अर्ति त सबैलाई लाग्नु पर्ने होइन र ? यस्तो पवित्र धार्मिक स्थलमा पुग्ने सबैका साझा भगवान होलान् नि  होइन र ? कसैलाई मोज कसैलाई विभेद किन भगवान ? भगवान त सबैका हुनु पर्ने होइन र ?

होइन, भने यस महायज्ञमा विभेद किन ? १०८ कुण्डीय हवनमा सहभागी साधकहरूले आफ्नो निर्धारित समयभन्दा १ घण्टा अगावै सम्पर्क गर्नु पर्नेछ व्यवस्थापकिय पाटो राम्रो छ । सत्संकल्पमा विश्वकल्याण एवं संकट निवारणको उद्देश्यका साथ आयोजित यस महाअनुष्ठानमा भएको यस्तो विभेदले के सन्देश दिन्छ भगवान ?

आयोजकको व्यवहारले गर्दा अब सोच्नुहोस् त भन्ने अवस्थाको सिर्जना गरिदिएको छ । तपाईं चढाएको पैसा ईश्वर, भगवान, परमेश्वरले प्राप्त गर्छ होला त ? तपाईंले आफ्नो कमाईबाट दिएको पैसा परमेश्वर, भगवानले कसरी उपभोग गर्छ होला ? के भगवानलाई पनि पैसाको खाँचो छ ? के पैसा वा आर्थिक सहयोग गरेमा मात्रै धर्म हुन्छ ? आफैसँग प्रश्न गर्नुहोस् ।

किनभने तपाईंबाट कुनैपनि बाहानामा आर्थिक लाभ लिइन्छ र उक्त पैसा कुनै दुःखी गरिब, असाहय, पीडितका खातिर खर्च गरिदैन ।
यस्ता स्वार्थ र सिन्डिकेटबाट के प्रष्ट हुन्छ भने कथित धर्मगुरुहरु त्यही आर्जनबाट लाभ लिन्छन् । धर्मको आड, लोभ र भय देखाएर आफ्नो दुनो सोझाउनका लागि मात्रै गरिन्छ यस्तो सिन्डिकेट ।

पवित्र धार्मिक स्थलमा गरिने यस्ता व्यवहारले ती कसरी हुन्छन् धर्मगुरु ? आर्थिक लाभ लिएर व्यक्तिगत दुनो सोज्झयाउने कसरी देवदूत होलान् ? उनीहरुको व्यवहारले बरु तीनिहरु व्यापारी हुन् भनेर दावाका साथ भन्न सकिन्छ ।

यदि कसैले फकाउँछ, लोभ देखाउँछ, डर देखाउँछ, धम्याउँछ र निषेध गर्छ भने सर्तक रहनुहोस्, उनीहरुले तपाईंलाई धर्मको नाममा तपाईंलाई घनचक्करमा पारेर लाभ लिन तल्लिन छन् । होइन भने धर्ममा डर हुँदैन । धर्ममा मोह हुँदैन । धर्ममा लोभ हुँदैन ।

निषेध हुदैन । यति हुदाहुदै पनि तथाकथित व्यवहार किन ? निस्वार्थ सेवाको भावले जो कोही जान पाउनु पर्छ । समान व्यवहार हुनु पर्छ नत्र समाजलाई भ्रममा पार्नेकार्य कसैबाट हुनु हुदैन ।

तस्वीरमा…

 


Thali Mobile Pvt.Ltd.