भर्खरै : Sorry, your browser does not support inline SVG.
इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह | पालिकाहरूमा नीति कार्यक्रम र बजेट तर्जुमाको लागि स्थलगत सहजीकरण टोली गठन | जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको मृत्यु |

धादिङ भूकम्पमा दुई वटा घरमा पूर्ण क्षति र १० वटा घरमा आंशिक क्षति

धादिङ भूकम्पमा दुई वटा घरमा पूर्ण क्षति र १० वटा घरमा आंशिक क्षति

काठमाण्डौ । बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको ज्वालामुखी गाउँपालिका–५ खरी दर्बुङघाट केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्पमा केन्द्रबिन्दु र आसपासका क्षेत्रका केही घरमा क्षति पुगेको छ । भूकम्पका कारण दुई वटा घरमा पूर्ण क्षति पुगेको छ भने १० वटा घरमा आंशिक क्षति भएको ज्वालामुखी गाउँपालिकाले जनाएको छ ।

भूकम्पपछि वडा नम्बर ५ को एक ठाउँमा ठूलो पहिरोसमेत गएको छ । भूकम्प गएपछि बिहान त्यस क्षेत्रमा केहीबेर विद्युत् आपूर्ति बन्द भएको थियो । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई घर बाहिरै सुरक्षित बस्न भनिएको हो ।

 

 


Thali Mobile Pvt.Ltd.