भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

काठमाडौंका हलमा रोकियो हिन्दी चलचित्र, ‘आदिपुरुष’ प्रदर्शनमा रोक

काठमाडौंका हलमा रोकियो हिन्दी चलचित्र, ‘आदिपुरुष’ प्रदर्शनमा रोक

काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर विवाद चर्किएपछि हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाइएको छ । क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले शोलाई स्थगित गरेका छन् ।

फिल्म हलको छाता संस्था चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितीको कारण सबै हलमा ‘आदिपुरुष’को शो अनिवार्य रोक्न निर्देशन दिएको हो । सोही निर्देशनको पालना गर्दै हलहरुले प्रदर्शन रोकेका छन् ।

शोमा विक्री भैसकेका टिकटको रकम फिर्ता गर्ने वा अर्को शोमा मिलाउने ब्यवस्था हलहरुले गरेका छन् । बिहीबार रातीसम्म १५ लाख रुपैयाँको टिकट विक्री भैसकेको चलचित्र विकास बोर्डको बक्सअफिस डेटाले देखिएको छ ।

यसैबीच काठमाडौं महानगरका मेयर बालेन शाहको अभिव्यक्तिपछि उत्पन्न परिस्थितीलाई लिएर चलचित्र संघले शुक्रबार बिहान आकस्मिक बैठक बोलाएको छ । बैठकमा बालेनको अभिव्यक्तिबारे छलफल हुने र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.