भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

नगरकोटको विकासका लागि समिति गठन : अध्यक्षमा मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवा

नगरकोटको विकासका लागि समिति गठन : अध्यक्षमा मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवा

भक्तपुर । नगरकोटसंग जोडिएका चारवटै नगरपालिकाकाले नगरकोटको विकासका लागि बास्केट फण्ड खडा गर्ने भएका छन् । पर्यटकीय क्षेत्रको रुपमा परिचित नगरकोट क्षेत्रलाई पर्यटकीय हब बनाउनका लागि वृहत् नगरकोट क्षेत्र बनाउँदै पर्यटन मार्फत् समृद्धि ल्याउन नगरकोटसँग जोडिएको चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा र शंखरापुर नगरपालिका गरि चारैवटा नगरपालिकाका ४ जना नगरप्रमुखहरुले उक्त फण्ड खडा गर्ने सहमति गरेका हुन ।

एकीकृत नगरकोट पर्यटन विकास समितिको चारै नगरपालिका सम्मिलित बैठकमा काठमाडौं, भक्तपुर र काभ्रेका नापी कार्यालयका प्रतिनीधिहरुको पनि सहभागिता रहेको थियो । समितिको बैठकले एक महिनाभित्र उक्त क्षेत्रको नापी नक्साको काम सम्पन्न गरिसक्ने समेत समेत निर्णय छ । वृहत् नगरकोट पर्यटन क्षेत्रलाई दीगो रुपमा सञ्चालनका लागि डिपिआर तयार गर्ने निर्णय सहित सम्पन्न उक्त बैठकले डिपिआर बनाउनका लागि चारवटै नगरपालिकाले प्रति नगरपालिका १० लाख रुपैयाँ बजेट विनियोजन गरी कूल ४० लाखको बीउ पूँजी बनाउने समेत निर्णय गरेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले बताए ।

एकीकृत नगरकोट पर्यटन विकास समितिको बैठकमा सहभागी नगरप्रमुख, पर्यटन व्यवसायी तथा नगरकोटसँग जोडिएका भक्तपुर, काभ्रे र काठमाडौंका वडाहरुका वडा अध्यक्षसहितको संयुक्त बैठकले नगरकोट क्षेत्रलाई पर्यटनको केन्द्र र गन्तव्य बनाउन सकिने उल्लेख गर्दै उक्त क्षेत्रमा देखिएका व्यवहारिक र कानूनी समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

पर्यटनसम्बन्धी छलफलसँगै बैठकले एक समिति पनि गठन गरेको छ । समितिमा नगरकोट नाल्दुम पर्यटन विकास समिति, चाँगुनारायण, मण्डन देउपुर, बनेपा र शंखरापुरका प्रमुख र उपप्रमुखहरु सदस्य रहेका छन् भने अध्यक्षमा मण्डनदेउपुर नगरपालिकाका अध्यक्ष टोकबहादुर वाइवा चुनिएका छन् । समितिले वृहत् नगरकोट पर्यटन क्षेत्र विस्तारका लागि संघीय, प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले नगरकोट क्षेत्रको नापी गराएर नगरकोटको क्षेत्र निर्धारण गर्ने, भक्तपुर र काभ्रेको सिमाना, वडा नं ९ र ८ सँग जोडिएको खावाको नालापानी गढी हुँदै नगरकोट र शंखरापुरसम्मको सिमाना छुट्याएर उक्त क्षेत्रको एकीकृत रुपले वृहत नगरकोट पर्यटन क्षेत्रका रुपमा विस्तार गर्ने योजना बनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.