भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

नगरकोटमा सडक महोत्सव २०८० को तयारीमा तीव्रता

नगरकोटमा सडक महोत्सव २०८० को तयारीमा तीव्रता

भक्तपुर । कार्तिक २३,२४ र २५ हुने नगरकोट सडक महोत्सवको तयारी तीव्र रुपमा भइरहेको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी कार्तिक २३ गते देखि २५ गतेसम्म तीन दिन सञ्चालन हुने नगरकोट सडक महोत्सवको भव्य तयारी भइरहेको हो । महोत्सवमा स्टल सङ्ख्या २५ रहने छ । नगरकोट प्रहरी चौकी तल मूल सडक, गडगडे स्कुल अगाडि, नगरकोट टावर जाने सडक र नाल्दुम चोक देखि महाकाली स्कुल माथि सम्म स्टल रहने नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङको भनाई छ ।

गरुङले नगरकोटलाई बुझ्ना कार्तिक २३ देखि २५ गते नगरको सडक महोत्सवमा सहभागि हुन आह्वान समेत गरे । स्थानीय खानाको परिकारसंगै राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीमा रमाउँन नरकोटमा सबैलाई निम्ता समेत दिए ।

महोत्सवमा प्रत्यक्ष साङ्गीतिक एवम् स्थानीय कला र प्रतिभा प्रस्तुतिका साथै लोक दोहोरी कार्यक्रम, स्थानीय खानाका परिकारहरू, कृषि मेला, चङ्गा चेट, मुहार चित्रकारितालगायतका विभिन्न सामग्रीहरू प्रदर्शनमा रहने चाँगुनारायण नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष धनबहादुर लामाले जानकारी दिए । उनले पर्यटनको विकास नभई देशको विकास नहुने बताए ।

महोत्सव नगरकोटको महामञ्जुश्री चोकमा हुने र महोत्सवमा एक लाख हाराहारीले मज्जा लिने अपेक्षा रहेको अध्यक्ष लामाले जानकारी दिए । ‘प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यापर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ महोत्सव हुन लागेको आयोजक नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव प्रदिप अघिकारीले बताए ।

स्थानीय भाषा, कला, प्रतिभा, प्राकृतिक सम्पदा एवम् संस्कृतिलाई उपयोग गर्दै पर्यटकलाई आकर्षित गरी नगरकोटको विकासमा योगदान पुर्‍याउन नगरकोटमा सडक महोत्सव आयोजना गर्नुको मुख्य कारण रहेका सचिव अघिकारीले जानकारी दिए । महोत्सवको तयारी स्वरुप विभन्न ठाउँमा पर्चा र ब्यानरहरु राख्ने काम समेत भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.