भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

नगरकोट सडकमा धर्ना र चक्काजाम तयारी

नगरकोट सडकमा धर्ना र चक्काजाम तयारी

भक्तपुर । नगरकोट सडकखण्ड निर्माणको काम तत्काल सम्पन्न गर्न चाँगुनारायण नगरपालिकाले माग गरेको छ । कमलविनायकबाट भत्केको पाटी हुँदै नगरकोट जाने सडक निर्माणको लागि ८ वर्षअघि ठेक्का सम्झौता भए पनि अलपत्र परेको भन्दै माग गरेको हो ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, सडक सुधार आयोजना कार्यालय बबरमहलले भारतीय निर्माण कम्पनी एआइपीएल र नेपाली निर्माण कम्पनी सैलुङ कन्सट्रक्सनलाई ठेक्का दिएको थियो । १५ किलोमिटर लामो सडक २०७३ असार ३ गतेसम्म सम्पन्न गर्ने सम्झौता थियो ।

७ पटक सम्झौताको म्याद थप गर्दा पनि सडकको काम हुन नसकेपछि नगरपालिकाले निर्माणको काम तत्काल सम्पन्न गर्न माग गरेको हो । सडक निर्माणका लागि असोज २८ गते अन्तिम म्याद अवधि भए पनि चैत मसान्तसम्म थप गरिएको छ । सडक निर्माण अलपत्र पर्दा स्थानीय दैनिक धुलो र धुवाँका कारण सास्ती खेप्दै आएका छन् ।

निर्माण कम्पनीको मनपरीले निर्माणमा ढिलाई भएको स्थानीयको गुनासो गरेपछि नगरपालिकाले माग गरेको हो । नगरपालिकाले अन्तिम म्यादसम्म सडक निर्माण नभएमा पालिकाको नेतृत्वमा आन्दोलन गर्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.