भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

नगरकोटका होटलहरुको स्तरीकरण, ३० हाेटलमा विभिन्न वर्गका स्टिकर वितरण

नगरकोटका होटलहरुको स्तरीकरण, ३० हाेटलमा विभिन्न वर्गका स्टिकर वितरण

भक्तपुर । काठमाडौं शहरबाट ३२ किलोमिटरको दुरीमा रहेको नगरकोट सुन्दर पर्यटकीय गन्तव्य हो । नगरकोट शान्त वातावरण र प्राकृतिक सुन्दरताको धनी ठाउँ भएकाले यस क्षेत्रमा स्थापना गरिएका होटलहरूको स्तरीकरण गरिएको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमामा रहेको स्थलमा स्थापना गरिएका होटलहरुको स्तरीकरण गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले गरेको स्तरीकरणमा यहाँका होटलहरु अति उत्तम, उत्तम र मध्यम गरि ती भागमा वर्गिकरण गरेको छ । खाद्यय प्रविधि तथा गुण नियन्त्रण विभिजन कार्यालय वर्गीकरण गरिएका होटलहरु मध्ये २ वटा अति उत्तम एक उत्तम, चार मध्यम र २३ वटा मध्यम खालको रहेको जनाएको छ । को अवस्था सन्तोषजनक रहेको अध्ययनले देखाएको छ ।

सरसफाइ, सेवा प्रदानलगायत ५० सूचकका आधारमा कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, होटल व्यवसायी तथा नगरकोट नाल्दुम पर्यटन विकास समितिका पदाधिकारी सम्मिलित टोलीद्वारा नगरकोटका होटलको अनुगमन गरिएको थियो ।

होटल स्तरीकरणसँगै ती होटलरूलाई लोगोसमेत वितरण गरेको छ । ३० होटलमध्ये दुई होटल हरियो स्टिकर (अति उत्तम ‘क’) तथा एक होटल (उत्तम ‘ख’) मा परेका छन् । यस्तै चार होटलले हरियो स्टिकर (मध्यम ‘ग’) र २३ होटलले पहेँलो स्टिकर (सन्तोषजनक ‘घ’) प्राप्त गरेका छन् ।

यो भन्दा पहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै नगरकोट क्षेत्रका ४६ होटल तथा रेष्टुरेन्ट २०७६ मा पनि स्तरीकरण गरेको थियो । विभागले खाद्य स्वच्छताका आधारमा होटेल तथा रेष्टुरेन्टको स्तरीकरण गर्दै ४ भागमा वर्गीकरण गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.