भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

नगरपालिकाले दियो किसानलाई अनुदानमा मौरीसहितका घार

नगरपालिकाले दियो किसानलाई अनुदानमा मौरीसहितका घार

बागलुङ । किसानलाई आयआर्जनमा सघाउन बागलुङ नगरपालिकाले ५८ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ। किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो।

नगरपालिकाले किसानसँगको सहलगानीमा सात हजार ७०० मा मौरीसहितको घार खरिद गरेर वितरण गरेको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले जानकारी दिए। ‘मौरीपालनमार्फत आय आर्जन बढाउन नगरपालिकाले अनुदान दिएको हो,’ उनले भने।

नगरपालिका र ५८ किसानको चार लाख ४६ हजार लागतमा मौरीसहितका घार वितरण गरिएको उनले बताए । विगतमा पनि नगरपालिकाले थ्रेसर, मिनी टिलर हलो र मौरीका घार वितरण गरेको थियो। रासस

 


Thali Mobile Pvt.Ltd.