भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

आव २०८०र८१ मा तीन करोड ५३ लाख ४२ हजार ४१४ रुपैयाँ कार्यालय सञ्चालन शीर्षकमा खर्च भएको उल्लेख

आव २०८०र८१ मा तीन करोड ५३ लाख ४२ हजार ४१४ रुपैयाँ कार्यालय सञ्चालन शीर्षकमा खर्च भएको उल्लेख

काठमाडौं । नेपालका राजनीतिक दलको खर्च व्यवस्थापन शङ्कास्पद देखिएको छ। नेपालका राजनीतिक दलहरूको आर्थिक वर्ष २०८०–८१ को खर्च व्यवस्थापनमा शङकास्पद देनिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले आव २०८०र८१ मा तीन करोड ५३ लाख ४२ हजार ४१४ रुपैयाँ कार्यालय सञ्चालन शीर्षकमा खर्च भएको उल्लेख गरेको छ।

रास्वपाले यातायात र इन्धन शीर्षकमा मात्रै करिब ८५ लाख ८५ हजार ९४५ रुपैयाँ खर्च गरेको छ। रास्वपाको इन्धन र यातायात खर्च संसद्को सबैभन्दा ठूलो दल कांग्रेसभन्दा तीन गुणा बढी छ। कर्मचारीको तलबमा रास्वपाले करिब एक करोड खर्चेको छ। सफ्टवेयर खरिदमा ५१ लाख ६४ हजार ४५२ रुपैयाँ खर्च गरेको रास्वपाको व्ययको विवरणमा उल्लेख छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४२ ले निर्वाचन आयोगले दलको लेखा परीक्षण जाँच गराउन सक्ने व्यवस्था गरेको छ । सो व्यवस्थाबमोजिम आयोगले लेखा परीक्षण प्रतिवेदन परीक्षण गर्न अधिकारी तोक्ने र सम्बन्धित अधिकारीले दलसँग कागजात माग्न सक्ने र त्यस्तो विवरण वा कागजात तोकिएको समयभित्र सम्बन्धित दलले बुझाउनुपर्ने छ।

नेकपा (एमाले) ले आव २०८०–८१ मा करिब सात करोड ८६ लाख खर्च जनाएको छ । उसले गैरसञ्चालन खर्च शीर्षकमा एक करोड ५९ लाख रुपैयाँ खर्च गरेको छ । इन्धन, यातायात र भ्रमण खर्चमा सो दलले करिब ३४ लाख ३६ हजार ६९६ रुपैयाँ खर्च गरेको हो। एमालेले अतिथि सत्कार तथा बैठकमा करिब ७५ लाख र सेवा खर्चमा ७९ लाख ६८ हजार रुपैयाँ खर्चेको हो ।

सेवा खर्च शीर्षक अनुसूची १५ अन्तर्गत सो दलले विवरणमा उल्लेख गरेको छ तर अनुसूची १५ कर्जासम्बन्धी विवरणसँग सम्बन्धित छ। एमालेले उल्लेख गरेको अनुसूची र खर्चको विवरण नमिलेको पाइएको छ। कर्मचारी पारिश्रमिक तथा कार्यकर्ता शीर्षकमा एमालेले ७१ लाख ८२ हजार खर्च भएको जनाएको छ ।

नेपाली कांग्रेसले आव २०८०र८१ मा तीन करोड १० लाख रुपैयाँ खर्च गरेको छ । कांग्रेसले प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको ५० लाख रुपैयाँ खर्च अन्तर्गत राखेको छ। कांग्रेसले अन्य विविध प्रशासनिक खर्चमा २६ लाख २० हजार खर्च गरेको छ । कर्मचारी तलब तथा ज्याला शीर्षकमा कांग्रेसले एक करोड दुई लाख २८ हजार १११ रुपैयाँ खर्च भएको जनाएको छ।

सहयोग तथा चन्दा शीर्षकमा अन्य व्यक्ति तथा संस्थाबाट एक करोड ७३ लाख ९४ हजार ४३९ रुपैयाँ प्राप्त गरेको कांग्रेसले ३४ लाख ९० हजार आर्थिक सहयोग गरेको छ । नेकपा माओवादी केन्द्रले आव २०८०र८१ मा एक करोड ८६ लाख ५५ हजार ५९० रुपैयाँ खर्च गरेको छ । माओवादी केन्द्रले करिब एकतिहाइ खर्च कार्यालय सञ्चालन शीर्षकमा देखाएको छ । कार्यालय सञ्चालनमा ४९ लाख ६३ हजार र कर्मचारी तलब भत्तामा ३५ लाख २२ हजार रुपैयाँ माओवादी केन्द्रले खर्च भएको उल्लेख गरेको छ।

उनीहरूको विवरणमा खर्चको अर्थपूर्ण हिस्सा कार्यालय सञ्चालन, भ्रमण, यातायात र इन्धन शीर्षकमा उल्लेख छ। निर्वाचन आयोगमा प्रमुख राजनीतिक दलले बुझाएको आयव्ययको विवरण अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र एकीकृत समाजवादी ले कार्यालय सञ्चालन, इन्धन र यातायात तथा भ्रमण एवं कर्मचारीको तलब भत्ता शीर्षकमा अत्यधिक खर्च भएको देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.