भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नगर सरकारको एक्सनः तुरून्तै पुरियाे खाल्डो (भिडियोसहित)

नगर सरकारको एक्सनः तुरून्तै पुरियाे खाल्डो (भिडियोसहित)

काठमाडौं । कर्णाली राजमार्ग मृत्युमार्गको रुपमा परिणत भयो भनेर कयौं गुनासा आइरहेका थिए । तर सम्वन्धित पक्षले सुनेको नसुने झै गरेको थियो । यस्तै वर्षौं पहिले आठबीस नगरपालिका रामक कर्णाली बाख्रेखोट बजारमा परको यो खाल्डो स्थानीय सरकारका दुई कार्यकाल सुरु भएपनि नजर पुग्न सकेको थिएन ।

आठबीसको एक ग्रुपमा स्थानीयले यो फोटो पोष्ट गर्दै कैलाश खबरलाई मेन्सन गरे । यसको सुनुवाई भएन । यस विषयमा समाचार बनाउनु प¥यो भनेर समस्या दर्साए । कैलाश खबरले आठबीस नगरसरकारसंग कुराकानी गरेर समस्या राख्दा नगरसरकारले तुरुन्तै खाल्डो पुर्ने काम गरेको छ ।

नगरले ध्यान दिएपनि सरोकारवाला निकायसंग समन्वय गरेर गर्नु पर्ने काम धेरै रहेको नगरप्रमुख तर्क बडुवालले बताए । खाल्डो मात्र नभएर अव्यवस्थित बस्तीका विषयमा पनि नगरसरकारकाे ध्यान गएकाे र तुरून्तै समस्यामा केन्द्रीत रहने उनकाे भनाइ छ ।

जनताका समस्या र नगर भित्रका समस्या समाधानमा कुनै कसुर बाँकी नराख्ने नगरसरकारले प्रतिवद्धता जनाएको छ । प्रतिवद्धता मात्रै होइन तुरुन्तै यो खाल्डो आज नगर सरकारको पहलमा पुरिएको छ । हुनत यो काम ठेकेदारको लापरबाहीले भएको हो भन्ने कुरा छलंग छ ।

सडक डिभिजन पनि मुकदर्शक बनेको वर्षौ भइसक्यो । तर यी विषयमा सरोकारवालाको ध्यान जान सकेन । चुनावी नारामा सिंगापुर बनाउने सपना देखाउने तर सिन्को सम्म भाँच्ने काम नगर्ने राजनैतिक दलहरु यसपालिको चुनावमा पनि सपना बाँड्न पछि परेका छैनन् । तर यी र यस्ता विषयमा सरोकारवालाको समयमै ध्यानपुग्न जरुरी छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

 

 


Thali Mobile Pvt.Ltd.