भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

नबोल्ने ट्राफिक प्रहरीले सडकमा जनचेतना फिजाउदै

नबोल्ने ट्राफिक प्रहरीले सडकमा जनचेतना फिजाउदै

काठमाडौं । उपत्यका कोभिड–१९ महामारीको संक्रमण फैलिरहेका बेला उपत्यकामा ४२८ जना प्रहरीमा संक्रमण फैलिएको छ । यस्तो अवस्थामा बग्गीखानाले नयाँ जुक्ति निकालेको छ ।

थप प्रहरीमा संक्रमण फैलन नदिन र ट्राफिक सचेतना अभिवृद्धि गर्न प्रहरी महाशाखा, रामशाहपथले २२ वटा नबोल्ने ट्राफिक लाई प्रयोग गरेको छ । नबोल्ने (डमी) ट्राफिकप्रहरी तयार गरेर विभिन्न चोकमा राखेको यस्तो सचेतनाको कार्य गरिरहेको छ । यसले सचेतनासँगै ट्राफिक देख्दा मात्रै नियम पालना गर्ने नागरिकलाई समेत कानुन अनुसार सवारी चलाउन मद्दत गर्ने ट्राफिक प्रहरीको भनाइ छ ।

टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने र ट्राफिक नियमको पनि पालना गर्ने साथै दुर्घटनाको सम्भावना कम हुने विश्वास ट्राफिक प्रहरीको छ । यतिमात्रै होईन यसले महामारीका बेला जनशक्ति व्यवस्थापनमा पनि ठूलो सहयोग पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.