भर्खरै : Sorry, your browser does not support inline SVG.

भिआईपिका लागि ७ करोडथान ‘फाइभ जी आइफोन’

भिआईपिका लागि ७ करोडथान ‘फाइभ जी आइफोन’

काठमाडौं । २०२०को अन्तिममा भिआईपिका लागि साढे ७ करोडथान ‘फाइभ जी आइफोन’ ल्याउने भएको छ । आइफोन निर्माता एप्पलले नयाँ मोडलको एप्पल घडी, आइप्याड एयर र सानो होम पड उत्पादन बजार ल्याउने पनि जनाएको छ ।

कम्पनीले नेक्स्ट जेनेरेसनको आइफोन ८ करोड ५० लाखथान बजार ल्याउने अपेक्षा गरेको छ।एप्पलले अर्को महिना फाइभ जी स्पिड भएको चार नयाँ मोडलका आइफोन सार्वजनिक गर्ने लक्ष्य लिएको छ। जसमा फरक डिजाइन र धेरै स्क्रिनको विकल्प हुनेछन्।

ब्लुमबर्गका अनुसार प्रो डिभाइसभन्दा लोअर इन्ड फोन छिट्टै सिपिङ हुने अपेक्षा गरिएको छ। कम्पनीले नयाँ एप्पल टिभी बक्स पनि बनाउन लागेको छ, जसमा गेम खेल्नका लागि फास्ट प्रोसेसर, अपग्रेड गरिएको रिमोट कन्ट्रोल रहने छ।

 


Thali Mobile Pvt.Ltd.