भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

नयाँ जिम्मेवारी पाएका एनआरएनए नेतृत्व एवं पदाधिकारीलाई बधाई

नयाँ जिम्मेवारी पाएका एनआरएनए नेतृत्व एवं पदाधिकारीलाई बधाई

काठमाडौं । गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको १०औं केन्द्रिय महाधिवेशन र बिश्व सम्मेलनबाट नयाँ जिम्मेवारी पाएका तीन जना अध्यक्ष, आइसीसी पदाधिकारी तथा सदस्यहरुलाई बधाई एवं शुभकामना दिने कार्यक्रम सम्पन्न भएको छ ।

२७ अप्रिल २०२२ बुधवारका दिन नेपाली समय अनुसार दिउंसो ५ बजे भर्चुअल (जुम) मार्फत उक्तत कार्यक्रम सम्पन्न भएको हो । सेभ द एनआरएनएको आयोजनामा भएको “एनआरएनए अभियानलाई एकताबद्द गरौं” भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।

एनआरएनए पूर्व आइसीसी पदाधिकारी अष्ट्रेलियाका कृष्ण गिरीको संयोजन रहेको कार्यक्रममा यूवराज गुरुङ, पूर्ण हमाल (यूरोप), सुर्दशन थापामगर, गिरीराज कुँवर (एशिया) खेमराज बस्नेत (मध्यपूर्व), केशव बराल (अमेरीका), हिकमत थापा (अप्रिकाका)ले सहयोग गरेका थिए ।

सेभ द एनआरएनएका अभियन्ता अष्ट्रेलियाका दिलिप पोखरेलले प्राबिधिक भूमिका खेलेका थिए । १० औं विश्व सम्मेलनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरुले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको तर्फबाट अहिलेसम्म गरेका राम्रा नराम्रा गतिविधिहरुको जिम्मेवारी लिनुपर्ने,

दशौँ विश्व सम्मेलन समयमा सम्पन्न गगरेको, सहज वातावरण सिर्जना गर्न सम्मेलन सफल भएको, गल्ती कमीकम्जोरी प्रति आत्मालोचना, विगतमा भएको प्रतिनिधि चयनमा विवादलाई समझदारीमा निराकरण गर्दै समझदारी र सहकार्यकासाथ अघिबढ्ने प्रण गरेको,

वार्तामार्फत् सबैको सहमतिमा एकताको दशौँ महाधिवेशन सम्पन्न भएकोमा खुशी व्यक्त गरे । बिभाजनको संघारमा पुगेको एनआरएनएलाई एकताको सुत्रमा बाध्न सफल भएकोमा तीनै जना अध्यक्षलाई संसारभरीबाट बधाइको ओइरो लागेको थियो ।

भर्चुअल मिटिङबाट सिङ्गो नेपाली डायस्पोराका सबै विचार, वर्ग समुदाय र जातीको प्रतिनिधित्व गर्ने एक लाख १५ हजारबढी सदस्य रहेको वैधानिक संस्थालाई थप सुदृढगरी लाजानु पर्ने आवस्यकता रहेको सहभागिले औल्याएका थिए ।

 


Thali Mobile Pvt.Ltd.