भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

नयाँ जीवन पाउँदैछन् हातखुट्टा गुमाएका

नयाँ जीवन पाउँदैछन् हातखुट्टा गुमाएका

ध्यविन्दु, । नवलपरासीपूर्वमा सबल केन्द्र स्थापना भएपछि हातखुट्टा गुमाएकाले नयाँ जीवन पाएका छन् । मध्यविन्दु जिल्ला अस्पताल डण्डा र चौधरी फाउण्डेसले संयुक्तरुपमा सवल केन्द्र स्थापना गरेपछि हात तथा खुट्टा नहुनेहरु खुसी भएका हुन् । अरुको साहाराविना हिँडडुल गर्न समस्या हुनेहरु कृत्रिम हातखुट्टा पाएपछि आत्मनिर्भर हुन थालेका छन् ।

लमजुङका २७ वर्षीय विकास तामाङको जन्मँदा नै बायाँ खुट्टा थिएन । हिँडडुल गर्न समस्या हुँदा जीवनदेखि नै निराश लाग्दै आएका उहाँ बताउनुहुन्छ । विसं २०७५ माघ ३ मा सहज अस्पताल गैँडाकोट र चौधरी फाउण्डेसनले राखेको कृत्रिम हातखुट्टा जडान शिविरमा तामाङले खट्टा राख्नुभयो । खुट्टा नभएर केही गर्न सकिन्न कि भनेर निरास हुनुभएका उहाँले अहिले कृत्रिम खुट्टा पाएपछि आफू र आफ्नो परिवारको दैनिक जीवन गुजारा गर्न सक्ने हुनुभएको छ ।

अरुको साहारामा हिँड्नुपर्ने विकास अहिले उक्त अस्पतालको सिजी सवल केन्द्रमा कृत्रिम हातखुट्टा बनाउने र जडान गर्ने कार्यमा व्यस्त हुनुहुन्छ । आर्थिक अभावका कारण सञ्चालनमा आउन नसकेको केन्द्रलाई उक्त अस्पताल र चौधरी फाउण्डेसनको सहकार्यमा २०७८ फागुन १८ गतेदेखि सञ्चालनमा ल्याइएको हो । दुर्घटना भएर वा अन्य कुनै समस्याका कारण हातखुट्टा गुमाएका ८४ जनाले अहिलेसम्म सवल केन्द्रबाट कृत्रिम हातखुट्टा जडान गरेको सवल केन्द्रका स्थानीय स्रोत व्यक्ति दिपक सिं केसी बताउनुहुन्छ ।

यहाँ देशको विभिन्न जिल्लाबाट कृत्रिम हातखुट्टा लगाउन आउने गर्दछन् । चौधरी फाउण्डेसनले भगवान् महावीर विकलाङ्ग सहायता समिति र भारतीय दूतावाससँगको सहकार्यमा नेपालमा कृत्रिम हातखुट्टा वितरण गर्ने कार्यक्रम सञ्चालनमा ल्याएको हो । कृत्रिमरुपमा जडान गरिएको अङ्गले आत्मविश्वाससँगै स्वरोजगार बन्न सहयोग पुगेको सिजी सवल केन्द्रमा सेवा लिनेको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.